NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

निद्रा नलाग्ने समस्या छ ? यसरी पाउनुहोस् छुटकारा

एजेन्सी । वर्तमान समयमा तनाव, चिन्ता, डिप्रेसन हुनु सामान्यजस्तै भइसकेको छ । हरकोही यही र यस्तै समस्याबाट गुज्रिरहेका हुन्छन् । यी सबै समस्या आउँदा देखिने मुख्य लक्षण हो, अनिद्रा  ।

कोही व्यक्ति हरेक समय मनमा कुरा खेलाइरहन्छ भने त्यस्ता व्यक्तिलाई अनिद्रा अर्थात निद्रा नआउने समस्या हुन्छ । जसले उनीहरूको मानसिक स्वास्थ्यमा असर गर्छ । यहि अनिद्राको कमीले उनीहरूमा थकान, चिडचिडापन, आँखा दुख्ने समस्या तथा अन्य शारीरिक र मानसिक समस्याहरू देखिन थाल्छ ।

अनिद्राको समस्याबाट कसरी मुक्ति पाउने ?

सर्वप्रथम त अअनिद्राको समस्याबाट छुटकारा पाउनका लागि मनबाट अनावश्यक कुरा हटाउन आवश्यक छ । जब तपाईंको मनमा कुरा खेल्न थाल्छ, तब तपाईं आरामले सुत्न सक्नुहुन्न । त्यसैले मन शान्त राख्न लामो श्वास फेरेर निदाउने कोसिस गर्नुहोस् ।

तनाव, चिन्ताले मनमा अझै नकारात्मक विचार ल्याउँछ । त्यसैले सुत्ने समय चिन्तालाई रोक्ने प्रयास गर्नुहोस् । त्यसका लागि सुत्नुभन्दा अघि १५ मिनेटका लागि ध्यान गर्न सकिन्छ । यसले तपाईंको दिमागमा नकारात्मक चिन्तन आउँदैन् र सुत्न सक्नुहुन्छ ।

निद्राको मूख्य कारण नै मनमा विचलन हुनु हो । त्यसैले मनमा विचलन ल्याउन कम गर्नुहोस् । मन र मष्तिष्क दुवै शान्त भएपछि तपाईं सुत्न सक्नुहुन्छ । गीत, संगित, मनोरञ्जन दिने कुरा हेर्ने, व्यायाम गर्ने तथा सुत्नुअघि योग गर्नेजस्ता गतिविधि गरेर पनि सुत्ने प्रयास गर्न सकिन्छ । यसले तपाईंको दिमागमा कुरा खेल्न पाउँदैन् र राम्रोसँग निदाउन सक्नुहुनेछ ।