NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

नाकमा तेल हाल्दा के हुन्छ ?

एजेन्सी । नाक बन्द हुँदा वा रुघाखोकीको समस्या हुँदा हामी नाम खुलाउन भिक्स वा सन्चोको प्रयोग गछौं । तर यसको विकल्प तेल पनि बन्न सक्छ । नाकमा तेल हाल्नु फाइदाजनक हुने गर्छ ।

यसको प्रयोगल नाकको कयौं समस्याबाट राहत मिल्ने विज्ञ बताउँछन् । यसले मौसमी रोग निको हुनुका साथै फङ्गल इन्फेक्सन र ब्याक्टेरियल इन्फेक्सनको जोखिम कम गर्छ । नाकमा तोरी, नरीवल, बदाम, तिलको तेल हाल्नु लाभायिक हुन्छ ।

तोरीको तेल

तोरीको तेलमा धेरै एन्टिब्याक्टेरियल, एन्टिफङ्गल र एन्टी इन्फ्लेमेटरी गुणहरु हुन्छन् । जसले नाक सुन्निने र दुख्ने समस्याबाट राहत दिन्छ । यसै गरी, मौसमी रोग जस्तै रुघाखोकी, फ्लु, चिसो,आदि समस्याबाट पनि राहत दिन तोरीको तेल उपयोगी छ । यति मात्र नभइ तोरीको तेलले नाक सुख्खा हुने र चिलाउने समस्या पनि निको पार्छ ।

बदामको तेल

बदामको तेल पनि नाकको लागि प्रभावकारी छ । विज्ञहरुका अनुसार राति सुत्दा नाकमा बदामको तेल नियमित राख्दा कपाल झर्ने समस्या हट्छ भने यसले स्मरणशक्तिमा सुधार ल्याउँछ । टाउको दुख्ने समस्या भएकालाई पनि बदामको तेल फलदायी छ ।

नरिवलको तेल

बदामको तेल सँगै नरिवलको तेलसमेत नाकमा राख्न सकिन्छ । नरिवलको तेलमा हुने गुणले नाक बन्द हुने समस्या हुन दिदैन् । नाक बन्द हुँदा केही थोपा नरिवलको तेल नाकमा हाल्दा नाक खुल्छ ।

जैतुनको तेल

जैतुनको तेलमा भिटामिन ई र एन्टिअक्सिडेन्ट गुणहरू प्रशस्त पाइन्छन् । जसले श्वासप्रश्वाससम्बन्धी समस्या निको हुन्छ । यसका साथै यसको प्रयोगले पिनासको समस्या पनि हुन दिदैन् ।