व्रत बस्दा के खाने ?

एजेन्सी । व्रतमा नुन, दाल, भातलगायतका दैनिक खानेकुराहरू खानामा समावेश हुँदैन । जसले गर्दा हाम्रो शरीरमा आवश्यक पोषण तत्त्व पुग्दैन् र शरीर अस्वस्थ तथा कमजोर हुन्छ । व्रत बस्दा पनि शरीर अन्य दिनझैं ऊर्जाशील हुन जरुरी छ । त्यसको लागि तपाईंले शरीरलाई पोषण दिने खाना खानुपर्छ ।
के खाने ?
दूध
व्रतको समयमा शरीर ऊर्जाशील बनाउनका लागि दूध पिउनु पर्छ । दूधमा प्रोटिन पाइने हुँदा कमजोरी महसुस हुँदैन ।
फलफूल
फलफूलको सेवन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसले व्रत बसेको समयमा अझ शरीरमा उर्जा दिन्छ । फलफूललाई तपाई जुस बनाएर पनि सेवन गर्न सक्नुहुन्छ ।
आलु र गहुँको रोटी
वर्तमा दिनभर नुन नखाँदा शरीर कमजोर भइरहेको हुन्छ । यस्तोमा बेलुकीको खाना पेटलाई आड दिने हुनुपर्छ । तपाई बेलुका आलु र गहुँको रोटी खान सक्नुहुन्छ । आलुमा पाइने प्रोटिनले पेट आडिलो बनाउँछ । गहुँको रोटीमा फाइबर हुन्छ । यसले शरीरमा उर्जा दिन्छ भने लामो समयसम्म भोक लाग्दैन् ।
प्रशस्त पानी
व्रतमा शरीर ‘हाइड्रेटेड’ हुन जरुरी छ । त्यसैले व्रत बस्दा पानी खाइरहनु पर्छ । यसले तपाईको शरीर हाइड्रेट बनाउन मद्दत गर्छ । ब्रतको समयमा पनि दिनमा कम्तीमा ८ गिलास पानी पिउनु आवश्यक हुन्छ ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया