व्रत बस्दा के खाने ?
एजेन्सी । व्रतमा नुन, दाल, भातलगायतका दैनिक खानेकुराहरू खानामा समावेश हुँदैन । जसले गर्दा हाम्रो शरीरमा आवश्यक पोषण तत्त्व पुग्दैन् र शरीर अस्वस्थ तथा कमजोर हुन्छ । व्रत बस्दा पनि शरीर अन्य दिनझैं ऊर्जाशील हुन जरुरी छ । त्यसको लागि तपाईंले शरीरलाई पोषण दिने खाना खानुपर्छ ।
के खाने ?
दूध
व्रतको समयमा शरीर ऊर्जाशील बनाउनका लागि दूध पिउनु पर्छ । दूधमा प्रोटिन पाइने हुँदा कमजोरी महसुस हुँदैन ।
फलफूल
फलफूलको सेवन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसले व्रत बसेको समयमा अझ शरीरमा उर्जा दिन्छ । फलफूललाई तपाई जुस बनाएर पनि सेवन गर्न सक्नुहुन्छ ।
आलु र गहुँको रोटी
वर्तमा दिनभर नुन नखाँदा शरीर कमजोर भइरहेको हुन्छ । यस्तोमा बेलुकीको खाना पेटलाई आड दिने हुनुपर्छ । तपाई बेलुका आलु र गहुँको रोटी खान सक्नुहुन्छ । आलुमा पाइने प्रोटिनले पेट आडिलो बनाउँछ । गहुँको रोटीमा फाइबर हुन्छ । यसले शरीरमा उर्जा दिन्छ भने लामो समयसम्म भोक लाग्दैन् ।
प्रशस्त पानी
व्रतमा शरीर ‘हाइड्रेटेड’ हुन जरुरी छ । त्यसैले व्रत बस्दा पानी खाइरहनु पर्छ । यसले तपाईको शरीर हाइड्रेट बनाउन मद्दत गर्छ । ब्रतको समयमा पनि दिनमा कम्तीमा ८ गिलास पानी पिउनु आवश्यक हुन्छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया