NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

सनस्क्रिन किन लगाउने ?

काठमाडौं । जाडोयाम सकिएसँगै अब गर्मी मौसम सुरु हुन लागेको छ । गर्मीमा बढ्दो तापक्रमले छालामा धेरै समस्या आउने गर्छ । घामको किरणले छालालाई असर गर्छ । त्यसैले गर्मीमा अधिंकाश मानिस छालाको स्याहार गर्छन् ।

छालामा सनस्क्रिन

गर्मी होस् वा जाडो छालाको सुरक्षाका लागि सनस्क्रिन अत्यावश्यक नै हो । यसले हाम्रो छालालाई पूर्ण रुपले सुरक्षा गर्छ । सूर्यको हानिकारक किरणबाट बच्न छालामा सनस्क्रिन सुरक्षात्मक कवच हो । सनस्क्रिन लगाउँदा अनुहार र शरीर दुवैमा लगाउनुपर्छ । अनुहारमा घामको किरण प्रत्यक्ष पर्ने हुँदा यसले छालालाई सिधै असर गर्छ

। त्यसैले अनुहारमा सनस्क्रिनको मात्रा बढाउनु पर्छ । सामान्यतया एसपिएफको मात्रा ३० भएको सनस्क्रिन लगाउँदा राम्रो हुन्छ । बढ्दो उमेरसँगै एसपिएफ पनि बढदो नै चाहिन्छ । जस्तो ३० भन्दा माथिको उमेर लाई ५० एसपिएफ भएको सनस्क्रिन आवश्यक छ । कम उमेर भएकोले एसपिएफको मात्रा कम गर्दा पनि हुन्छ । एसपिएफ सन प्रोटेक्शन फ्याक्टर हो ।

यसको मात्रा जति भयो त्यसले छालालाई दिने सुरक्षा पनि त्यति नै हुन्छ । सनस्क्रिन घर बाहिर निस्कनु भन्दा १५/ २० मिनेट अगाडी लगाउनुपर्छ । यसले छालामा सनस्क्रिन राम्रोसँग बस्न पाउँछ । हरेक ३ देखि ४ घण्टाको फरकमा सनस्क्रिन पुनः प्रयोग गर्नुपर्छ । यदि कसैलाई सेतो दागको समस्या छ भने उनीहरूले सनस्क्रिन लगाउनु हुँदैन ।