सेनाको हेलिकप्टर चढेर आज गोरखा जाँदै राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा जाने भएका छन् ।
गोरखकाली मन्दिरको पूजा र गोरखा दरबार क्षेत्र अवलोकनका लागि राष्ट्रपति पौडेल त्यसतर्फ जान लागेका हुन् । पृथ्वीनारायण शाहको गोरखाबजारमा रहेको शालिकमा पनि उनले माल्यार्पण गर्ने कार्यक्रम छ ।
नेपाली सेनाको हेलिकप्टरमार्फत अहिले बिहान ९ः३० बजे पौडेल गोरखातर्फ प्रस्थान गर्ने तय भएको उनको सचिवालयले जनाएको छ ।
गत फागुन २५ मा सम्पन्न निर्वाचनबाट पौडेल राष्ट्रपतिमा निर्वाचित भएका थिए । निर्वाचित भएपछि उनी उपत्यकाबाहिरको औपचारिक कार्यक्रममा पहिलो पटक सहभागी हुन लागेका हुन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया