देशैभरी गाडीका नक्कली पार्टपुर्जाको कारोबार
काठमाडाैं । विभिन्न नाकाहरुबाट अवैध रुपमा गाडीका नक्कली पार्टपुर्जाहरु भित्राईएको पाइएको छ । प्रहरी र स्थानीयस्थानीय प्रशासनको सहकार्यमा यस प्रकारका अवैध कारोवार गर्ने व्यक्तिहरुको खोजी कार्य जारी भइरहेको जनाएको छ ।
यसै क्रममा टाटाका अवैध पार्टसहरुको कारोवार गर्ने जडिबुटीस्थित न्यू थ्याङ्क्यु स्टोरका सञ्चालक कुमार श्रेष्ठ, खुलालटार साखुस्थित माँ सलम्बुदेवी अटो स्पेयरका सञ्चालक बिनोद कार्की र पोखरास्थित स्टार अटो पार्टस्का सञ्चालक सतिस शाक्यलाई सम्बन्धित निकायमा उपस्थित गरार्ई अबका दिनमा यस्ता कार्यमा संलग्न नहुन सचेत गराई पठाईएको कम्पनीले जनाएको छ । त्यस्तै कम्पनीले पूर्वी तराईका जिल्लाहरुमा इनरुवा ४, सुनसरीस्थित पुजा ट्रेडर्सका सञ्चालक देवनारायण साह, विराटनगर ८, मोरङस्थित नमस्ते ट्रेडर्सका सञ्चालक जिवन पोखरेल र विराटनगर ११, मोरङस्थित मनोकामन इन्टरनेशनलका सञ्चालक ध्रुव सिङ चौहानलगायतका व्यक्तिहरुलाई पनि सचेत गराई पठाईएको छ ।

यस प्रकारको कार्यमा कोही व्यक्ति वा संस्थाको संंलग्नता भेटिएमा हदैसम्मको कारवाही हुने व्यवस्था रहेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया