NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

सोमबार सरकारमा जाने तयारी गरेको कांग्रेस किन रोकियो ?

मन्त्री बन्न कांग्रेसभित्रै हानाथाप

काठमाडौं । सोमबार मन्त्रिपरिषद विस्तार गर्ने अन्तिम तयारी गरेका प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्ड सत्ता साझेदार दलहरूबीच मन्त्रालय भागबण्डामा कुरा नमिलेपछि रोकिएको छ ।

सत्ता साझेदार दलका शीर्ष नेताहरूसँगको परामर्शपछि प्रधानमन्त्रीले कांग्रेसलाई ८, माओवादी केन्द्रलाई ५, रास्वपालाई ३, नेकपा एसलाई २, जसपालाई २ र बाँकी साना दललाई एक/एक मन्त्रालय दिने गरी मन्त्रालय बाँडफाँटको प्रारम्भिक प्रस्ताव गरेका थिए । प्रधानमन्त्रीको प्रस्तावमा कांग्रेस लगायत साना दलहरूले चित्त नबुझेपछि मंगरबार दिउँसो ४ बजे प्रधानमन्त्रीले १० दलको बैठक बोलाएका छन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र एकीकृत समाजवादीका शीर्ष नेतासँगको छलफलपछि उनले बैठक बोलाएका हुन् । मंगलबार बस्ने गठबन्धनको बैठकले मन्त्रालय भागबण्डा मिलाउने प्रधानमन्त्रीको सचिवालयको दाबी छ । कांग्रेसका प्रवक्ता एवं सहमहामन्त्री डा. प्रकाशशरण महतले मन्त्रालय बाँडफाँटमा दलहरूबीच सहमति भए कांग्रेस एक/दुई दिनमा सरकारमा जाने बताए ।

‘कसले कति मन्त्रालय पाउने भन्नेमा सत्ता साझेदार दलहरूबीच कुरा मिलेको छैन । दलहरू धेरै भएकाले पनि सबैको चित्त बुझाउन समस्या देखिएको छ । दिउँसो बस्ने बैठकले मन्त्रालयको संख्या बाँडफाँट टुंग्याउने सहमति भएको छ ।’

कांग्रेसले अर्थसहित यसअघि एमालेले पाएको मन्त्रालयमा दाबी गरेको छ । रास्वपाले साविककै मन्त्रालय पाएमात्र दावी गरेको छ । नेकपा एस, जसपा लगायत दलहरूले समेत महत्वपूर्ण मन्त्रालय दाबी गरिरहेका छन् । मन्त्रालय बाँडफाँटमा आ–आफ्ना अडान नछाडेपछि प्रचण्ड अप्ठ्यारोमा परेका हुन् । नेकपा एस, जसपा लगायत साना दलहरूले क्षमताभन्दा बढी मन्त्रालय दाबी गरेपछि कांग्रेस सरकारमा जान केही ढिलाई भएको कांग्रेका नेता जगदिशनरसिंह केसीले बताए ।

‘एमालेले लिएका मन्त्रालयमा हाम्रो दाबी कायमै छ । त्यसमध्ये ८ मन्त्रालय पाउने भने प्रधानमन्त्रीज्यूले प्रस्ताव गर्नुभएको थियो । तर साना दलहरूको समेत चित्त बुझाउनु पर्ने भयो भन्दै हामीलाई ७ वटा मन्त्रालय दिन सकिने भनिएको छ । त्यसैमा कुरा मिलेको छैन । मन्त्रालय संख्या बाँडफाँटमा कुरा मिलेमा बुधबार वा बिहीबारसम्ममा हामी सरकारमा जानेछौं’, केसीले भने ।

मन्त्री बन्न कांग्रेसभित्रै हानाथाप

आफ्नो हातबाट फुत्किएको सत्ता बल्लतल्ल फिर्ता ल्याएको कांग्रेसले सरकारमा सहभागी हुन धेरैले आकांक्षा देखाएका छन् । कसको नेतृत्वका सरकारमा जाने भन्नेबारे उसले अहिलेसम्म टुंगो लगाउन सकेको छैन । कांग्रेसबाट सरकारको नेतृत्व गर्न  प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, अर्जुननरसिंह केसी, प्रकाशशरण महत लगाए नेताहरूको हानाथाप रहेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्रीसहित उपसभापति खड्काले सरकारको नेतृत्व गर्न चाहेका थिए । तर गृहमा माओवादीले दाबी नछाडेपछि अर्थमन्त्री खड्का नै बन्ने नेताहरूको दाबी छ ।

अर्थमन्त्रीसहित सरकारको नेतृत्व गर्न महले पनि देउवासँग लबिङ गरिरहेका छन् । कोइरालाले आफू सरकारमा नजाने बताइसकेका छन् । केसी नेतृत्व गर्न पाए सरकारमा जाने नत्र सामान्य मन्त्री भएर नजाने बताएका छन् । कांग्रेसले ८ वटा मन्त्रालय पाउने लगभग सहमित भएको छ । यी मन्त्रालयमा ५० भन्दा बढीले दाबी गरेका छन् ।

मन्त्रीमा क–कसको दाबी ?

शेखर मन्त्री नबन्ने नभएपछि कोशी प्रदेशबाट मन्त्री बन्न महामन्त्री विश्वप्रकाश शर्मा, निवर्तमान परराष्ट्रमन्त्री डा. नारायणक खड्का, निवर्तमान सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, दीपक खड्का, रामहरी खतिवडा, डीगबहादुर लिम्बु र सीता गुरुङ दाबेदार छन् ।

त्यस्तै मधेश प्रदेशबाट पूर्वमन्त्रीसमेत रहेका विमलेन्द्र निधि, अजयकुमार चौरसिया, रमेश रिजाल, रामकृष्ण यादव र मञ्जु खाँण दाबेदार रहेका छन् ।

यसैगरी प्रवक्तासमेत रहेका डा. प्रकाशशरण महत, अर्जुननरसिंह केसी, प्रकाशमान सिंह, गगन थापा, राजेन्द्रकुमार केसी, मोहनबहादुर बस्नेत, प्रदिप पौडेल, उदयशमशेर राणा दाबेदार छन् । तीमध्ये महत र केसी मन्त्री बन्ने सम्भावना बलियो छ ।

गण्डकी प्रदेशबाबट उपसभापति धनराज गुरुङ, डा. शशांक कोइराला, शंकर भण्डारी, जीवन परियार दाबेदार छन् । लुम्बिनी प्रदेशबाट किशोरसिंह राठोर, विनोद चौधरी, सञ्जय गौतम र दीपक गिरी दाबेदरा रहेपनि राठोरको सम्भावना बलियो रहेको छ ।

यसैगरी कर्णाली प्रदेशबाट पूर्णबहादुर खड्का लगभग मन्त्री बन्ने पक्का भएको खतिवडाले बताए । कांग्रेसले गृहमन्त्रालय पाएको खण्डमा उनले गृहमन्त्रालयमा जान जाएका थिए ।

सुदूरपश्चिमबाट बद्री पाण्डे, एनपी साउद, रमेश लेखक, वीरबहादुर बलायर, ईश्वरी न्यौपाने र दीलेन्द्रप्रसाद बडू दाबेदार रहेपनि साउदको सम्भावना बलियो रहेको छ ।