घाँटी दुख्नुका यस्ता छन् कारण
एजेन्सी । बदलिदो मौसमसँगै हाम्रो शरीरमा पनि विभिन्न किसिमका रोग देखा पर्छन् । रुघाखोकी, टाउको दुखाई, जोर्नी तथा हड्डी दुखाई जस्ता समस्याले यो मौसमा सताउँछन् । यीनै मध्ये यो समय घाँटी दुख्ने समस्याले पनि धेरैलाई आजित बनाएको हुन्छ ।
इन्फेक्सन र संक्रमणको कारण सामान्यतया घाँटीमा समस्या आउँछ । घाँटीमा हुने संक्रमणको मुख्य लक्षण भनेको दुखाइ, चिसो वा ज्वरो हो । घाँटीको संक्रमण एक सामान्य समस्या हो, जुन ब्याक्टेरिया संक्रमण, भाइरल इन्फेक्सन र एलर्जीले हुन्छन् ।
कहिलेकाहीँ परिवर्तित मौसम वा फ्लूले पनि संक्रमण ल्याउँछ । घाँटीको संक्रमण ब्याक्टेरिया वा भाइरसले हुने हुँदा यसको चापमा जुनसुकै उमेरवर्ग पर्छन् । यद्यपी, बालबालिकामा भने यसको जोखिम उच्च हुने गर्छ । बालबालिकाको कमजोर प्रतिरक्षा प्रणालीले उनीहरुलाई संक्रमणले निकै चाँडो समाउँछ ।
घाँटी दुखाईको लक्षण
घाँटी दुख्दा खाना निल्न गाह्रो हुन्छ । यसले टन्सिलको समस्या निम्याउँछ भने घाँटी सुन्निने पनि हुन्छ । आवाजमा परिवर्तन, जिब्रोमा दाग देखिनु, खोकी लाग्नु ज्वरो आउनु यसका प्रमुख लक्षण हुन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया