प्राङ्गारिक मल प्रयोग गर्न सुझाव
तुलसीपुर । तुलसीपुरमा माटोको जाँच गर्दा पिएच अम्लिय छ दशमलव तीन भन्दा कम रहेको पाइएकाले बालीमा प्राङ्गारिक मल प्रयोग गर्न सुझाव दिइएको छ ।
उपमहानगरपालिकाका विभिन्न स्थानको करिब सात सय ५० नमूनाको परीक्षण गर्दा माटोको अम्लियपन छ दशमलव तीन भन्दा कम रहेको पाइएको हो ।
तुलसीपुर उपमहानगरपालिका कृषि महाशाखा प्रमुख धनराज गौतमले अहिले तुलसीपुरका माटोको अम्लियपन छ दशमलव तीन भन्दा कम रहेकाले उत्पादन घटिरहेको भन्दै प्राङ्गारिक मल हाल्न सुझाव दिएको बताए । ‘अहिले तुलसीपुरको माटोको अम्लियपन घटिरहेको छ । यसले उत्पादन पनि घटिरहेको छ’, उनले भने ।
प्रमुख गौतमले माटोमा नाइट्रोजन, प्राङ्गारिक पदार्थ, फसफोरसको मात्रा कमी रहेको पाइएको बताए । पोटासको मात्रा मध्यम रहेकाले सिफारिस गरेको मात्राका आधारमा मात्रै प्रयोग गर्नुपर्ने उनको भनाइ छ । प्रमुख गौतमका अनुसार जति सिफारिस गरिएको छ, त्यति मात्रै चुन प्रयोग गर्नुपर्ने, प्राङ्गारिक मल एक हजार केजी प्रतिकट्ठा मात्रै प्रयोग गर्नुपर्छ । ‘बिरुवालाई विभिन्न १६ खाद्य तत्व आवश्यक पछ्र्र तर रासायनिक मलले तीन किसिमका तत्व मात्रै प्रदान गर्ने भएकाले प्राङ्गारिक मलको प्रयोग बढाउनुपर्ने छ’, उनले भने ।
उपमहानगरपालिकाका १९ वटै वडामा माटोको परीक्षण गरिएको हो । माटोमा अम्लियपन बढाएर छ दशमलव पाँच पु¥याउनका लागि प्राङ्गारिक मल हाल्न सुझाव दिएको हो ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया