फ्रिजमा तरकारी कसरी भण्डारण गर्ने ?

एजेन्सी । तरकारी भण्डारण गर्दा यसको उचित तरिका अपनाउनु आवश्यक छ । हामीले गर्ने भण्डारणले नै तरकारी तथा फलफूल लामो समयसम्म प्रयोग गर्न पाउँछौं । भण्डारण गर्ने तौर तरिका नमिल्दा यसले तरकारी तथा फलफूललाई समयअगावै गलाउँछ तथा विग्रार्छ। जसले फलफूल र तरकारीको प्रयोग लामो समयसम्म गर्न पाइँदैन ।
कसरी भण्डारण गर्ने ?
हामीले मौसमअनुसार फ्रिजमा तरकारी तथा फलफूल भण्डारण गर्नुपर्छ । जाडोयाममा सामान्य रूपमा भण्डारण गर्दा हुन्छ । गर्मीमा भने तरकारी र फलफूल छिट्टै सड्छ । त्यसैले हामीले मौसम अनुकूल भण्डारणमा ध्यान दिनुपर्छ । सामान्य मौसममा केरालाई बाहिर फ्रेस हावामा राख्दा हुन्छ भने गर्मीमा यो बाहिर राख्दा छिटै पाक्ने गर्छ । यो समयमा भने केरालाई फ्रिजमा राख्न उचित मानिन्छ ।
जसले केरा लामो समयसम्म बिग्रन सक्दैन् । तर फ्रिजमा सामान राख्दा पनि सावधानी अत्यावश्यक छ । यतिकै फ्रिजमा राख्दा तरकारी वा फलफूलको बाहिरी भाग बिग्रने वा कालो हुने हुन्छ । त्यसैले फ्रिजमा तरकारी वा फलफूल राख्दा सकेसम्म प्लास्टिकमा बेरेर राख्नुपर्छ । यसले तपाईको सामानलाई धेरै समय सुरक्षित राख्छ ।
त्यस्तै, भान्सामा काँचो टमाटरलाई छिटै पकाउन चाहनुहन्छ यसलाई ब्राउन पेपर ब्यागमा राखेर कम प्रकाश आउने ठाउँमा राख्दा हुन्छ । यसले टमाटर सहजै कम समयमा नै पाक्छ र यसलाई तपाइ भण्डारण गर्न सक्नुहुन्छ ।
ताजा अपडेट
-
आरसीबीको विजय जुलुसमा भागदौड : ११ जनाको मृत्यु, शोकमा बदलियो उत्सव
-
किर्गिजस्तानका पूर्व राष्ट्रपतिलाई ११ वर्ष जेल सजाय
-
पर्यटक आकर्षणको केन्द्र बन्दै ‘ढोरपाटन जलजला’
-
महेश बर्तौला भन्छन् ,गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन आयोग पनि बन्दैन
-
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
प्रतिक्रिया