NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

धेरै समयसम्म बस्दा के हुन्छ ?

एजेन्सी । लामो समयसम्म बसिरहने बानीका कारण आजकल अधिकांश मानिसलाई ढाड दुख्ने समस्या देखिन थालेको छ । यो दुखाइ घाँटी देखि पछाडि र यसको तल्लो भाग सम्म रहन्छ।

लामो समयसम्म बस्दा ढाडको तल्लो भागको मांसपेशीमा तनाव उत्पन्न हुन्छ । यसैगरी धेरै पटक लामो समयसम्म बस्दा दीर्घकालीन दुखाइको समस्याको समेत जोखिम बढ्छ, जसले कम्मर, ढाड वा घाँटीमा अत्याधिक पीडा हुन्छ ।

वर्तमान समयमा सबै व्यस्त छन् । कामको व्ययस्तताले मानिसहरू लामो समयसम्म बस्न बाध्य छन् । उनीहरूमा अस्वस्थ जीवनशैली पनि उतिकै हावि भइरहेको छ । काममा ध्यान दिदाँ उनीहरूमा व्यायाम गर्ने तथा आरामदायी जीवनशैली यापन गर्ने फुसद छैन् । जसले गर्दा उनीहरू यो समस्याबाट पिडित भइरहेका छन् ।

लामो समयसम्म बस्दा के हुन्छ ?

जब लामो समयम्म बसिन्छ । यसले तनाव, मधुमेह र मुटु सम्बन्धी रोग लाग्ने सम्भावना बढाउँछ । बसेर काम गर्दा रक्तसञ्चारमा प्रत्यक्ष असर पर्छ । बस्दा रक्तसञ्चार सुस्त हुन्छ । बसीरहँदा ढाड, कम्मर र घाँटीमा दुखाइ पनि उतिकै बढ्छ ।

त्यसैले बसिरहनु भन्दा समय समयमा उठने गर्नुपर्छ । यसले केहीबेरका लागि भएनी मेरुदण्डलाई आराम दिन्छ । लामो समयसम्म बस्दा स्पाइनल लिगामेन्टमा तनाव हुन्छ र कहिलेकाहीँ स्पाइनल डिस्क हर्नियेशन पनि हुन सक्छ। बसिरहँदा खुट्टामा झनझनाट पनि हुने गर्छ ।
‘आई टेक अ स्ट्यान्ड’ शीर्षकको अध्ययनले अफिसमा ६६ मिनेटभन्दा बढी उभिने व्यक्तिको ढाड वा घाँटीको माथिल्लो भागमा ५४ प्रतिशत कम दुख्ने गरेको देखाएको छ । यस्ता समस्याबाट बच्न लामो समयसम्म बस्नुको सट्टा दुईदेखि तीन घण्टाको अन्तरालमा उभिएर काम गर्ने गर्नुहोस्। यसबाहेक, डेस्कमा राम्रोसँग बस्न कुर्सीको उचाइमा ध्यान दिनुहोस् । तपाईंको खुट्टाले जमिनमा छुने प्रयास गर्नुहोस्। सधैं कुर्सीको पछाडि आफ्नो ढाड टाँसिएर बस्नुहोस्। कम्प्युटरमा घाँटी तल राखेर काम गर्नुको सट्टा घाँटीलाई सधैं मेरुदण्डसँग मिलाएर राख्नुहोस् ।

ताजा अपडेट

नेपालवाच विशेष