महिलाकै भएर पनि महिलाको नभएको कुमारित्व

के तपाईं मान्न सक्नुहुन्छ, केबल एक वा दुई सेन्टिमिटरको कुनै नाजुक झिल्ली पाँच फिट अग्ली महिलाको पुरै अस्तित्वमाथि भारी हुन सक्छ ? यो सुन्दा निकै अच्चम लाग्न सक्छ ।
तर, अफसोस यो सत्य हो । एक झिल्ली, जसलाई विज्ञानको भाषामा ‘हाइमन’ भनिन्छ, यसले हामी महिलाको पूरै अस्तित्वलाई कुनै पनि समय कठघरामा राख्न सक्छ ।
कुनै पनि महिलाले आफ्नो जीवनभर नै सायद यसलाई देख्न वा महसुस गर्न पाउँछन् । तर, यो गुलाबी झिल्लीको कालो छायाँले प्रायः महिलाको जीवनलाई नै छायाँमा परिरहेको हुन्छ ।
कुरा हाइमनबटै सुरु भएकाले यसको बारेमा केही चर्चा गरौं । धेरै जसो महिलाहरुको योनीमा जन्मजात एउटा गुलाबी झिल्ली हुन्छ । कुनै पनि महिलाको हाइमन ब्रेक भएमा उसको यौन सम्बन्ध भइसक्यो भन्ने मान्यता छ ।
यसलाई ती महिलाको भर्जिनिटी टुट्नु वा उसको कुमारित्व तोडिनु पनि भनिन्छ । भारतीय समाजमा यसलाई लजास्पद मात्रै नभएर लगभग अस्वीकार्य मानिन्छ ।
मलाई लाग्छ, यो कुमारित्वको रक्षामा हाम्रो पूरै बचपन मात्रै नभएर हाम्रो किशोरावस्था मात्रै कैद हुने नभएर, हाम्रो स्वतन्त्रता पनि लुटिन्छ ।
‘भर्जिनिटी बचाउनुको सबै अर्थ महिलाले आफ्नो श्रीमान उ नै आफ्नो जीवनको पहिलो पुरुष हो भन्ने मानसिक सुख दिन सकुन भन्ने मात्रै हो । जसको लागि महिलाले आफूलाई वर्षौंसम्म अरु पुरुषबाट बचाएर राख्छन् । विवाहभन्दा पहिले महिलालाई हजार किसिमका निर्देशन दिइन्छ– यहाँ नजानु, उसँग नभेट्नु, पुरुषसँग मित्रता नगर्नु, यतिबेलासम्म फर्किएर आउनु, आफन्तकोमा नजानु । मलाई लाग्छ यी सबै प्रतिबन्ध महिलाको कुमारित्वलाई नै दिमागमा राखेर गरिएको हुन्छ ।’
सुरतमा सहायक प्राध्यापक पदमा काम गरिरहेकी यशस्विनी पाठकको यो कुराबाटै हामीले भन्न सक्छौं, ‘भर्जिनिटी हाम्रो हो तर, हाम्रो भएर पनि यो हाम्रो होइन् । जसकारण हामीमध्ये धेरैलाई अहिले यो हाम्रो भएर पनि हाम्रो लागि नभएकाले यसलाई बचाउनुको के फाइदा भन्ने महसुस भएको छ ।’
विस्तारै कुमारित्व बचाएर राख्ने चलन धेरै महिलाहरुलाई बकवास लाग्ने चलन विकास भइरहेको छ । तर, आज पनि यस्ता महिलाहरु कम छन्, जो यसलाई केही होइन् भन्ने थाहा हुँदा हुँदै पनि यसलाई नकार्ने हिम्मत गर्दैनन् ।
कतिपयमा उनीहरुको संस्कार हाबी भएर यो हिम्मत आउँदैन् भने कतिपयले ‘कसैले थाहा पाएमा के गर्ने’ भन्ने डर भएका कारण यो हिम्मत गर्न सक्दैनन् । कहिलेकाँही सही मौका नहुनु पनि यसको कारण हुन्छ ।
अहिले यसमा केही परिवर्तन आएको छ । यो विषयमा एउटा सुखद कुरा महिलाहरुको मनोविज्ञानमा आएको परिवर्तन हो । आफ्नो मर्जीले भर्जिनिटी तोडेकाहरुलाई नराम्रो वा अनैतिक नमान्नु हो । बनारसबाट आएकी मार्केटिंग क्षेत्रकी दुर्गा पछिल्ला केही वर्षदेखि मुम्बइमा बसेकी छिन् ।
उनी भन्छिन्, ‘यो कुनै ठूलो कुरा होइन्, जसलाई सोचेर बबाल मच्चाउनुपर्छ । यदि कुनै पुरुषले आफ्नो लागि भर्जिन महिला खोज्छ भने उसले पनि आफ्नो भर्जिनिटी बचाएर राख्नुपर्ने हुन्छ ।
महिलाको भर्जिनिटीलाई लिएर पूरै समाज अहिले पनि संकुचित छ र चाहन्छ महिला भर्जिन नै रहुन् । तर, पुरुषको बारेमा न कसैले यस्तो सोच्छन्, न कसैले बोल्छन् । मलाई समाजको यो दोहोरो अनुहारमाथि समस्या छ ।’
भर्जिनिटीबारे यस्तो खुला सोच राख्ने दुर्गा आफ्नो बारेमा अर्को अचम्म लाग्ने जानकारी दिन्छिन् । ४० पुग्न लागेकी उनी अहिलेसम्म आफू भर्जिन रहेको बताउँछिन् ।
उनी भन्छिन्, ‘यतिका वर्षदेखि घरभन्दा बाहिर बस्दा पनि मेरो दिमागको अवस्था अहिले पनि उस्तै छ । आफूलाई धेरै पटक स्वतन्त्र छोड्दा पनि म आफूलाई भर्जिनिटी तोड्ने कुरासँग कम्र्फटेबल महसुस गर्दिनँ । यसमा म के गर्न सक्छु ? चाहेर होस वा नचाहेर म अहिलेसम्म भर्जिन हुनुको कारण मेरो संस्कार र बुबाआमाले यसको बारेमा मेरो मस्तिष्कमा भरिदिएको सोच र अपराध बोध हो ।’
नोयडाको एउटा विज्ञापन कम्पनीमा काम गर्ने दिव्या दत्ता भर्जिनिटीमाथि महिलाको सोचको थप स्पष्ट तस्बिर देखाउँछिन् ।
उनी भन्छिन्, ‘मलाई लाग्छ पुरुषले सधैं आफ्नो पत्नी भर्जिन होस भन्ने चाहन्छन् । नहुँदा पनि चल्न त चल्छ । तर, चल्ने कुराले नै भित्रभित्रै उनीहरुलाई यसले फरक पारेको कुरा दर्शाउँछ । त्यसैले उनीहरुलाई साँचो कुरा भन्नु जोखिम मोल्नु हो । त्यसैले म सोच्छु प्रेमी वा पति, जो सुकैले यस बारेमा सोधेमा झुठो बोल्नु नै ठिक हुन्छ । नत्र यो विषयलाई लिएर उसले कुनै खराब मुड वा अरु कुनै बेला पनि हामीलाई प्रश्न गर्न सक्छ, अर्को लफडा निम्त्याउँन सक्छ ।’
तर, भर्जिनिटीबारे हाम्रो सोचमा आएको खुलापनलाई दिव्याका यी शब्दहरुमार्फत पनि बुझ्न सकिन्छ, ‘त्यसो त मलाई लाग्छ आजको समयमा ‘राम्रा’ महिला वा पुरुष पाउनै गाह्रो छ, जो भर्जिन हुन्छन् ।’
हामी महिलाहरुलाई भर्जिनिटी आफैंमा कुनै ठूलो प्रश्न होइन् भन्ने यसैले दर्शाउँछ । यो सोचाइ केही हदसम्म सुझबुझ भएका पुरुष र आमाबुबामाथि पनि लागू हुन्छ । तर, पनि हाम्रो समाजमा भर्जिनिटीसँग जोडिएका निकै खराब सोचहरु हाम्रो समाजमा छन् भन्ने कुरालाई स्विकार्नु पर्छ ।
समाजमा भएको बुझाइमध्ये एउटाले भन्छ, ‘जुन महिलाले कुनै पनि कारणले आफ्नो भर्जिनिटी गुमाइसकेकी हुन्छे, उ सबैको लागि उपलब्ध हुन्छे ।’
यी कुरा भन्न यस्ता शब्दहरुको सापटी लिइन्छ, ‘जब एकपटक कसैसँग मजा लिइसकेकी छे भने हामीसँग के समस्या छ !’
डिभोर्स भएका महिलाहरु अक्सर यहि बुझाइ र यहि सोचाइको शिकार हुन्छन् । मैरठको एक निजि स्कुलकी शिक्षिका स्वस्ति आर्य भन्छिन्, ‘धेरै मान्छेलाई म उनीहरुको लागि सजिल्यै उपलब्ध हुन्छु भन्ने सोचाइ छ जस्तो मलाई लाग्छ । मेरोतर्फबाट यस्तो इशारा नपाइ पनि उनीहरु म बिबाहपछि यौनसम्बन्ध ह्याबिचुअल भएको र मेरो साथमा श्रीमान नभएकाले उसको कमी पूरा गर्न आतुर भएको सोच्छन् । यो सोच्दा पनि कति धेरै लज्जास्पद लाग्छ । मेरो भर्जिनिटी गुमेको छ भन्दैमा उनीहरु म सधैं उनीहरुको लागि उपस्थित छु भन्ने सोच्छन् ।’
स्वस्तिजस्तो अनुभव भएका महिलाहरुलाई भर्जिनिटी कुनै ठूलो विषय नहुँदा हुँदै पनि अरुको लागि यो ठूलो विषय बनिदिन्छ । यस्ता उदाहरणहरुले अरु महिलाहरुलाई आफ्नो कुमारित्वको अवस्था लुकाएर हिँडन् बाध्य बनाइदिन्छ नै, सँगै टुट्नुपर्ने सम्बन्धमा बाँधिन पनि बाध्य बनाउँछ ।
यौनिकता र कुमारित्वबारे समाजमा चलिआएकै सोचलाई थप बलियो बनाउँदै विज्ञानले पनि हाइमनको सिलाइजस्ता प्रक्रियालाई प्रचलनमा ल्याएको छ ।
हाम्रो देशमा यसको पहुँच निकै कम भएता पनि यसले हामी विवाहभन्दा पहिले पनि यौन सम्बन्ध राख्न त चाहन्छौं तर, आफ्नो ‘असल केटी’को चरित्र टुटाउन चाहँदैनौं । किनकी भविष्यमा आफ्नो श्रीमानले ‘भर्जिन पत्नी’ गर्ने प्रेम हामीले पनि पाउँ भन्ने चाहन्छौं ।
(सत्याग्रह डट स्क्रोलडट इनमा प्रकाशित सामग्रीको भावानुवाद ।)
प्रतिक्रिया