तीन हप्ताका लागि कुलेखानी–फाखेल सडकखण्ड बन्द

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने छोटो दूरीको भीमफेदी–कुलेखानी–फाखेल सडकखण्ड मर्मतको काम भइरहेकाले बन्द गरिएको छ ।
सडक निर्माण तथा स्तरोन्नतिको काम भइरहेकाले आजदेखि तीन हप्तासम्म सो मार्ग हुँदै चल्ने साना तथा ठूला सवारीसाधनका लागि यातायात सेवा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सो मार्ग हुँदै चल्ने सवारीसाधन भीमफेदी–मार्खु–चित्लाङ हुँदै काठमाडौँ जाने आउने गरिरहेको प्रहरीले जनाएको छ । कुलेखानी–फाखेल मार्ग बन्द रहेकाले सो क्षेत्र हुँदै यात्रा नगर्न सर्वसाधारणलाई प्रहरीले आग्रह गरेको छ ।
ताजा अपडेट
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
-
मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आम्दानी
प्रतिक्रिया