NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

मालपोतका खरिदार र लेखापढी घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारास्थित मालपोत कार्यालयबाट खरिदार राम विश्वास साह र लेखापढी गर्ने गौरीशंकर कुशवाहलाई पक्राउ गरेको छ ।

उनीहरु द्वयलाई सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा मालपोत कार्यायले नजिकैको पसलबाट रंगेहात पक्राउ गरेको हो ।

सेवाग्रहीलाई जग्गा रजिष्ट्रेसन पास गर्नका लागि घुस माग गरिरहेकोबारे उजुरी परेको थियो । सोही उजुरीका आधारमा आयोगको हेटौडास्थित कार्यालयका टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।