मालपोतका खरिदार र लेखापढी घुससहित पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारास्थित मालपोत कार्यालयबाट खरिदार राम विश्वास साह र लेखापढी गर्ने गौरीशंकर कुशवाहलाई पक्राउ गरेको छ ।
उनीहरु द्वयलाई सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा मालपोत कार्यायले नजिकैको पसलबाट रंगेहात पक्राउ गरेको हो ।
सेवाग्रहीलाई जग्गा रजिष्ट्रेसन पास गर्नका लागि घुस माग गरिरहेकोबारे उजुरी परेको थियो । सोही उजुरीका आधारमा आयोगको हेटौडास्थित कार्यालयका टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया