‘प्रसाद २’ को प्रदर्शन रोक्न उच्च अदालत पाटनको आदेश
काठमाडौं । शुक्रबाटबाट प्रदर्शनमा आउन लागेको चलचित्र प्रसाद २ को प्रदर्शन रोक्न उच्च अदालत पाटनले अल्पकालीन आदेश जारी गरेको छ ।
चलचित्र निर्माता सुवास थापाले आफ्नो रकम नदिएको भन्दै केशव पाण्डेले फिल्म रोक्नका लागि माग राखेर उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।
मंगलबार न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले प्रसाद २ को प्रदर्शन रोक्न आदेश दिएको हो । उनको रिटमा थप सुनुवाइ गर्न उच्च अदालतले २६ गते दुवै पक्षलाई बोलाएको छ । चलचित्र निर्माता थापाविरुद्ध आर्थिक लेनदेन र बैंकिङ कसूर मुद्दामा पक्राउ पूर्जी जारी गरेको छ । उनलाई प्रहरीले खोजिरहेको छ ।
ताजा अपडेट
-
जलविद्युत् आयोजनाको सुरुङमा चलाइएको उद्धार मिसन : कहाँ के हुँदैछ ?
-
२५ सयले बढ्यो सुनको भाउ
-
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’
-
त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार
-
त्रिशूली ३ एको सुरुङबाट कविर महर्जनको पनि सकुशल उद्धार


प्रतिक्रिया