फिटकिरीका फाइदा : मुख सफा गर्नेदेखि अनुहार चम्काउनेसम्म
एजेन्सी । आयुर्वेदिक औषधिमा शताब्दीयौंदेखि फिटकिरी प्रयोग हुँदै आएको छ। मुखको स्वास्थ्यदेखि छालाको समस्यामा फिटकरी प्रभावकारी मानिन्छ। फिटकिरीलाई पोटासियम अलम पनि भनिन्छ, जुन यसको एस्ट्रिजेन्ट गुणका लागि परिचित छ।
मुख स्वास्थ्यमा प्रयोग
फिटकिरीको प्रयोग मुख स्वास्थ्यमा प्रभावकारी छ । यसले गिजाको समस्याबाट राहत दिनुका साथै गिजाबाट रगत बग्ने, श्वास गन्हाउने समस्यालाई कम गर्छ। मु्खमा हुने हानिकारक ब्याक्टेरियाहरू फिटकिरीले सजिलै मार्ने गर्छ ।
पसिना आउँदा
अलमले प्रभावकारी प्राकृतिक दुर्गन्धको रूपमा पनि काम गर्दछ । यसमा पसिना ग्रन्थीहरू कम गर्न र पसिना उत्पादन कम गर्न मद्दत गर्ने गुणहरू हु्न्छन् । फिटकिरीमा पाइने तत्वले शरीरमा दुर्गन्ध पैदा गर्ने हानिकारक ब्याक्टेरियालाई मारेर शरीर ताजासमेत रख्छ । तपाइ यसलाई नुहाइसकेपछि लगाउन सक्नु हुन्छ ।
पायल्सको उपचार
फिटकिरीको प्रयोग पायल्सको प्राकृतिक उपचारमा पनि लाभदायिक मानिन्छ । पाइल्सको समस्या हुनेले पानीमा फिटकरी मिसाएर प्रभावित क्षेत्रमा लगाउन सकिन्छ । यसले पायल्सको समस्लाई कम गर्छ ।
अनुहारमा फिटकिरी
अनुहारकाे विभिन्न समस्या पनि यो बहुगुणी र उपयोगी छ । फिटकिरीमा एन्टिसेप्टिक र एस्ट्रिन्जेन्ट गुणहरू हुन्छन् जसले डन्डीफोर, चाँयापोतो तथा ब्ल्याकहेड्सहरुबाट टाढा राख्छ । फिटकिरी र पानीको पेस्ट बनाएर यसलाई प्राकृतिक फेसियल मास्कको रूपमा आफ्नो अनुहारमा लगाउन पनि सक्नुहुनेछ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया