NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

क्यान्सर रोगीले खानैपर्ने ७ खानेकुरा

एजेन्सी । क्यान्सर एक गम्भीर मध्येको रोग हो । क्यान्सर भएकाहरुलाई विशेष हेरचाह र खानपान आवश्यक छ । क्यान्सरको लागि उत्तम खानेकुरामा क्यान्सरसँग लड्ने गुण हुन्छ। जसले रोगलाई सुरुमा नै निर्मूल पार्छ । यस्ता छन् क्यान्सरसँग लड्न मद्दत गर्ने खानेकुरा,

खरबुजा तथा टमाटर

खरबुजा र टमाटरमा क्यासरसँग लड्ने गुण हुन्छन् । यसमा हुने पोषण तत्वले क्यान्सर पैदा गर्ने कोशिकाहरूलाई मार्छ र तिनीहरूलाई फैलिनबाट रोक्छ । त्यसैले क्यान्सरमा यो खानु लाभदायि छ ।

हरियो सागसब्जी

हरियो सागपात क्यान्सर रोगीले खानैपर्नै खाना हो । यसमा पाइने भिटामिन र प्रोटिनले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

ब्रोकाउली

ब्रोकाउली तथा काउलीमा आइसोथियोसाइनेट पाइन्छ । जुन क्यान्सर रोगीका लागि राम्रो हुने विभिन्न अध्ययनले देखाएको छ । यसमा हुने एन्टि ब्याक्टेरियल गुणले फोक्सोको क्यान्सर, स्तन क्यान्सर, कलेजोको क्यान्सर, अन्ननलीको क्यान्सर, पेटको क्यान्सर, तथा सानो आन्द्राको क्यान्सरको जोखिम कम गर्छ।

दही

दही पनि क्यान्सर भएकाहरूले खानुपर्ने आहार हो । यसमा हुने प्रोबायोटिक्सले क्यान्सरका लक्षणहरूलाई कम गर्ने गर्छ ।

फलफूल

क्यानसर रोगीले फलफूलको सेवन गर्न आवश्यक छ । फलफूलमा प्रशस्त्र मात्रामा भिटामिन र फाइबर पाइन्छ । जुन क्यान्स रोगीको लागि अत्यावश्यक छ ।

माछामासु

क्यान्सर रोगीले प्रोटिनयुक्त खानेकुरा आहारमा समावेश गर्नुपर्छ । माछा, मासु, नट्स, गेडागुडी आदी प्रोटिनको राम्रो स्रोत हो । यसमा हुने पोषण गुणले क्यानसरको जोखिम कम गर्छ ।