NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

रास्वपा सांसद श्रेष्ठ र प्रसाईंबीचको घुस लेनदेनको अडियोमा के छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले दुई करोड रूपैयाँ घुस माग गरेको अडियो सार्वजनिक भएको छ।

उनले मेडिकल व्यवसायी दुर्गा प्रसार्ईंसँग उक्त रकम मागेको अडियो कपुरबोट मिडियाले सार्वजनिक गरेको हो । सरकारमा जाने समयमा स्वास्थ्य मन्त्रालय आफ्नो जिम्मामा पर्ने भन्दै मेडिकल व्यवसायी श्रेष्ठसँग घुस लेनदेन गरेको उक्त अडियोमा प्रष्ट सुनिन्छ । स्वास्थ्य क्षेत्रका विवादित पात्रसँगै आशालाग्दो भनिएको पार्टीका सांसदले घुस माग गरेको अडियोपछि समाजिक सञ्जालमा विभिन्न किसिमको टिकाटिप्पणी प्रवाह भइरहेका छन् ।

अडियो सार्वजनिक भएसँगै निलम्बनमा परिसकेका श्रेष्ठमाथि पार्टीले छानविन गर्ने भएको छ । यस्तो छ उनी र प्रसाईंबीच भएको लेनदेनको संवाद :

ढाकाप्रसादः नमस्कार

दुर्गा प्रसाइः नमस्ते के छ हालखबर ?

ढाकाप्रसादः ठिक छ सर म नि भर्खर भर्खर उठेको

दुर्गा: ए अनि त्यति त राति मैले पनि फोन अफ गरें । म सुत्ने टाइम भएर चार्जमा राख्देर सुतें…..अनि नि, खासमा कुरा के हो मलाई अलिकति भन्नु त डाक्टर साब

ढाकाः स्वास्थ हामीले पाउने भयौं । पार्टीले सहयोग गर भनेर आन्तरिक तरिकाले त्यो कोट दिन्छ दुई/तीनजनाको । मलाई साढे दुई जति चाहियो भनिरहेका छन् । मलाई हिजो । मेरो पक्का चाँही पक्का भयो । आज मैले फिक्स गर्नु छ । अब त्यहि भएर म फेरि आर्थिकमा साह्रै त्यस्तो ऊ छैन् । अब यो मन्त्री पनि बन्नु पर्यो । अब यो धोई पखाली गरेर यो स्वास्थ्य क्षेत्र पुरा सुधार पनि गर्नु छ । अब मैले धेरै गर्छु भनेर सोच गर्या छु । त्यसमा हजुरको सहयोग चाहियो भन्ने कुरा नि हो सर ।

दुर्गाः मैले तपाइलाई बुझन खोजेको डक्टर साब म त राष्ट्रिय स्वतन्त्र पार्टीमा डक्टर भनेको हाम्रो तोसिमा कार्की मात्र छिन् भनेर बुझया थिए त

ढाकाः हैन हामी तीन जना छौं

दुर्गाः को को हुनुहुन्छ?

ढाकाः म भएँ, तोसिमा भयो अनि चन्द्रा कार्की ।

दुर्गाः ए, साँच्ची चन्दा म्याम पनि हुनुहुन्छ त है

ढाकाः हजुर चन्द्रा हजुरले चिन्नु हुन्छ होला

दुर्गाः हजुर डक्टर साबको घर चाँही काहा हो डक्टर साब ?

ढाकाः मेरो पोखरा हो सर

दुर्गाः अनि एमबिबिएस कहाँ गरेको तपाईले ?

ढाकाः मैले चाइनामा दाहल युर्निभसिटी

दुर्गाः अनि एमडि ?

ढाकाः एमडि मैले अहिले गरेको छैन् एमबिबिएस मात्र हो । पछि चाँही मैले पढने भन्दा भन्दै पोलिटिक्सतिर आए म

दुर्गाः अब हेर्नुस है धेरै ठुलो समस्या छ स्वास्थ्यमा । देशमा भएका नर्सिङ कलेज सबै बन्द गराए । आज नर्स पढन पाउँदैनन् । मैले त जहिले भन्या छु नि दुबईको डान्सबारमा हाम्रा चेलिबेटि डान्स गर्न भन्दा नर्स पठाऔं । हो कि हैन ?

ढाकाः हो नि त

दुर्गाः अनि मैले त डक्डर उत्पादन गरौं बरु सयौं वटा मेडिकल कलेज खोलौं, हो कि हैन ? भन्नुस त, इन्डियाबाट विद्यार्थी ल्याउँ । तीन सय चार सय हस्पिटल फ्रि गरौं । कति राम्रो कुरा गरेको मैले अनि त्यसले गर्दा.. डक्टर साबको नाम ढक बहादुर कि के हो ?

ढाकाः ढाका कुमार श्रेष्ठ

दुर्गाः अच्छा, मैले त्यो कुरा बुझें । सल्लाह गरेर अघि बढौंला । अनि तपाइ सँग मैले एउटा कुरा भन्न खोजेको । हामी त ह्वाट्सएपमा छौं मतलब भएन । अनि मुकुलहरुले त अनि नलिने भन्थे त स्वास्थ्य र शिक्षा ?

ढाकाः मुकुल जीलाई त्यति थाहा छैन् सर यो । आन्तरिक कुरा हो । मुकुल पनि त्यो कोटमा हुनुहन्न् । बाहिर त महामन्त्री नै हो। अब हजुरलाई पार्टीकै कुरा गर्दा दुई तीन जना चाहि छुट्टै हुनुहुन्छ के । पार्टीलाई धेरै सहयोग गर्ने, सुरूवाती क्षण देखि नै सहयोग गर्ने र त्यो टिमबाट मलाई कुरा आएको र आज मैले फिक्स गर्नुपर्छ पैसा । उधारो हुन्न भन्छन् फेरि । दुई/साढे दुई भनेका छन् । अब मैले अहिले एक दिएँ भनेपनि उनीहरु मान्छन् होला । पछि चेक दिएँ भनेपनि मान्छन् एक/दुई दिन ।

दुर्गाः फेरि आजको आजै त हुन्न नि त फेरि, आज बन्द छ सुन्नुस है कुरा। फेरी बैंकमा ९ लाख ९९ हजार भन्दा माथिको चेक साटिदैन् । सुन्नुहोस् कुरा । अब फेरी एउटा टाइम राखेर गर्ने भए म दिन्छु । म सहयोग गर्छु तपाईले भनिहाल्नु भयो । भोली मेरो पनि काम गर्नुपर्छ तपाईले ।

ढाकाः हैन् त्यो त मैले गर्छु । मलाई त दिक्क लाग्छ के यो गोबिन्द केसी देखेर कहिले मर्छ जस्तो लाग्छ । यो पुरै एमबिबिएस पढन् नपाएको पनि तीनले गर्दा हो ।

दुर्गाः एमडि पढन् मैले अनि मेरो छोरीलाई जापान पठाउनु पर्यो । तीन करोड तिरेर एमडि गर्नलाई । यहा रेडियोलोजी अन्कोलोजी पढाउन पाइन मैले ।

ढाकाः त्यही त यो सबै बेथिति छ ।

दुर्गाः मेरो त हेर्नुस न म कति मरेको छु । मेरो मेडिकल कलेज हेर्नुस त सबै भौतिक पूर्वाधार पुगेको काठमाडौ उपत्यका बाहिर मेची अञ्चल पुगेको ३२ लाख जनसंख्या छ । म त डुबेको छु कि छैन् ? भन्नु त म त मर्न मात्र बाँकी छ ।

ढाका: त्यही त यसलाई त हटाउनु पर्छ सर यस्ता कुराहरु यसलाई समस्या समाधान गर्नुपर्छ ।

दुर्गाः त्यहि त, अनि शिक्षा चाहीं कसले लिने भयो भाइ ?

ढाकाः शिक्षा हामीलाई परेन जस्तो छ सर

दुर्गाः ए, शिक्षा चाँही उता हजुरबुबा(हजुरबुबा भनेर उनले केपी शर्मा ओलीलाई संकेत गरेका हुन्)ले राखे होलान् ।

ढाकाः सायद राख्नुभयो होला शिक्षा

दुर्गाः किनभने यसपाली मलाई एफिलेसन पनि दिनु पर्ने छ के हजुबुबाले । किनभने सबै कुरा सकिएको छ हो काठमाडौं युनिभर्सिटीले नि तपाईको एफिलेसन दिएको छ । सिट मात्र संख्या तोकिदिएको छैन् । त्यो त नारायण काजीको मान्छे होनी त त्यो गिरी । अनि त्यहाबाट पैसा उठाएर नारायाण काजीलाई बुझाउने मान्छे हो क्या त्यो

ढाकाः ए, हजुर निश्चिन्त हनुस् अब काम मिलेर गर्ने हो तपाइ म

दुर्गा: यहा सुन्नुहोस् भोली केप ओली झापा आउँदै हुनुहन्छ २ गते हैन् । अब आज त छुट्टी भैगयो । भोली बेलुका हजुबुबासँगै म काठमाडौं आउँछु । अनि तपाई र म भेटौंला । यो उसको ग्यारेन्टी गर्नुस । तपाईलाई मैले गर्ने सहयोग गर्छु । तपाइले जुन भन्नु भयो नि दुई म आएर गरौंला । तर अलिकटि टाइम लाग्छ है । पैसा मिलाएर निकाल्नु पर्छ । त्यतिकै निस्किदैन् हचुवामा अहिले त बैंकले जम्मै स्टिम खोज्छ । त्यति सजिलो हुँदैन् । भक भक वाकसमा पैसा लिएर त गाह्रो छ  । दुर्गा कुरो बुझनु भो के त्यो त कसैले पनि दिन सक्दैन पैसा आजको आजै । नेपालमा कसैले सक्दैन् ।

ढाकाः त्यहि त

दुर्गाः अनि फेरि हिजो पुस मसान्त हिजो बैंकको ब्याज बुझाइयो ।

ढाकाः हजुरालाई नि सारै गाह्रो छ होला है बिचरा

दुर्गाः गाह्रो छ नि हिजो मैले पुस मसान्तको ब्याज बुझाएँ । मेरो स्वास्थ्य बिमाको १५ करोड पैसा अझै दिएको छैन् । स्वास्थ्य बीमाले अढाइ वर्षदेखि ।

ढाकाः बिमा पनि अहिले जम्मा नेपालमा १२ अर्बको लगानी हुदो रैछ नेपालमा । बीमा पनि सबै तिर लागु गर्नुपर्ने भएको छ नेपालमा

दुर्गाः हैन त्यो बिमा कसरी लागु गर्ने म भन्दिन्छु हैन् । अब तपाईले के ग्यारेन्टी चै गर्नुस भने दुई करोड पैसा मैले दिने भए तपाइलाई । यो पैसा पनि तपाईले उही रविलाई त बुझाउनु पर्ला नि हैन् ।

ढाकाः मैले रवि सरलाई भन्दा पनि रवि सर देखा पर्नुभएको छैन। बाहिरको दुई जना तीन जना साथीहरू हुनुहुन्छ उहाँहरूलाई दिने हो। पार्टीलाई जान्छ भनेका छन् ।

दुर्गाः यो सबै कमाउने त हो भाई

ढाकाः अब कसरी गर्छन् थाहा छैन् । पार्टीलाई जान्छ कि जादैन् । त्यो पनि मलाई थाहा छैन् । मैले सोधेकै छैन् । पार्टी कमजोर छ, साहै गाह्रो भाछ भनेर भन्या छन् ।

दुर्गाः ल सर ठिकै छ म भोलि बेलुका कि पर्सि बलुका आउँछु अनि दाजु भाइ भटौला नि त तपाई म उ गर्नुस म दिन्छु भनेर तर मलाई अलिकति टाइम चाहियो भन्नुस् है

ढाकाः हुन्छ म त्यहि कुरा गर्छु । हस् ल तपाई र म सबै सल्लाहले गर्नुपर्छ । तपाईंलाई मैले के ग्यारेन्टी गरेँ भने दुई करोड रुपैयाँ दिने ग्यारेन्टी गरेँ। तपाईंलाई म सजिलो बाटो देखाइदिन्छु। त्यसको पिर नगर्नुस्। उनीहरूसँग टाइम लिनुस् ल म दिन्छु भनेर भन्नुस् । सक्यो कुरा। तपाईं र म एक ठाउँमा भेट्नुपर्छ। भेटिराख्नु पनि पर्दैन। फोन पनि गर्नुपर्दैन। म जति भिडेको छु नी यो स्वास्थ्य क्षेत्रमा गोविन्द केसी के भिडेको छ कुरो बुझ्नुभएन तपाईंलाई म आइडिया दिन्छु । यो दुई करोडको ग्यारेन्टी भयो। म दिन्छु। तपाई पिर नगर्नु। तपाईं अघि बढ्नुस्। है। अब तोसिमाले लडाइँ त गर्दिनन् नीरु तोसिमा कार्कीले तपाईसँग ।

ढाकाः हैन् गर्दैनन्। त्यो टिमले गरेपछि सक्यो। हामीले रवि सरलाई म्यान्डेट दिएका छौं। उहाँले जसलाई राख्नुभयो राख्नुभयो।

दुर्गाः ए,ल अब यस्तो भयो नी त। तोसिमाले पैसा निकाल्न पनि सक्दिनन्। किन भन्नु न। गोविन्द केसीको मान्छे भनेको छ नी उसले कहीँ कुरै गर्न मिल्दैन। उसँग डराउँछन्।

ढाका:  तिनी मन्त्री भइन् भनेपनि काम पनि छैन