करेलासँग कहिल्यै नखानुस् यी खानेकुरा

एजेन्सी । स्वास्थ्यका दृष्टिकाेणले करेला फाइदाजनक मानिन्छ । यसमा हुने औषधीय गुणका कारण यसको स्वाद तितो हुन्छ । करेलालाई पौष्टिक तरकारीममध्ये प्रभावकारी तरकारीको रुपमा पनि लिइन्छ । यसले तौल घटाउनुका साथै कोलेस्ट्रोलको मात्रालाई पनि घटाउँछ । हृदयको लागि पनि उत्तिकै लाभदायिक छ करेला ।
तर यसको जति फाइदा छ यसलाई खान नजान्दा त्यति नै बेफाइदा पनि । करेलाको साथमा केही खानेकुराहरु खान नमिल्ने सूचिमा राखिएका छन् । यसमा हुने औषधीय गुणका कारण केही खानेकुरालाई सँगै मिसाउँदा भने यो विष जस्तै बन्न सक्छ । जसले शरीरमा हानिकारक असर पुर्याउँछ ।
दूध
करेला स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भने दूध पौष्टिकले भरिएको हुन्छ । तर करेला र दूध एकसाथ खाँदा यसले शरीरलाई हानिकारक असर गर्छ । करेला खाएपछि दूध पिउँदा यसले पेटसम्बन्धी समस्या निम्याउन सक्छ । यसले कब्जियत, पेटमा दुखाइ र जलन हुने समस्याको जोखिम उच्च बनाउँछ ।
मूला
करेलाको प्रभाव भन्दा मूलाको प्रभाव फरक हुन्छ । त्यसैले करेला खाएपछि मूला खानुहुँदैन । यो दुई एकै समयमा खाँदा यसले कफ, एसिडिटीको समस्या ल्याउँछ ।
दही
त्यस्तै, करेला खाएपछि दही पनि खान नहुने पर्दाथमा पर्छ । यसको सेवनले छालासम्बन्धी समस्या आउन सक्छ ।
भिंडी
भिंडी र करेलाको तरकारी पनि सँगै खानु हुँदैन । करेला र भिंडी दुवै एकसाथ सेवन गर्दा अपचको समस्या हुन्छ । करेलासँग भिंडी पचाउन गाह्रो हुन्छ ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया