NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

थाइराइड भएको कसरी थाहा पाउने ?

एजेन्सी । धेरै काम नगर्दा पनि शरीर थकित र आलश्य भएको छ वा खानपानमा ध्यान दिँदा पनि तौल बढिरहेको छ भने थाइराइडको समस्या भएको हुनसक्छ ।

शरीमा आएका यस्ता परिवर्तनलाई हामी सुरूमा सुरुमा हलुका रूपमा लिन्छौं र पछि यसले नै अन्य किसिमका गम्भीर रोग निम्त्याउँछ । थाइराइड हाम्रो शरीरमा रहेको एउटा ग्रन्थी हो जसले मेटाबोलिजममा मद्दत गर्छ ।

प्रायः हामीले थाइराइडका लक्षणहरू प्रारम्भिक चरणहरूमा बुझ्दैनौं र पछि यसको लक्षणहरूलाई बेवास्ता गर्दा हामीलाई हाइपोथाइराइड वा हाइपर थाइराइडको हुन सक्छ ।

यस्ता लक्षण देखिए हुन सक्छ थाइराइड

१) मांसपेशीमा दुखाइ
२) घाँटी सुन्निने अथवा पेटमा समस्या हुने
३) कपाल झर्ने र छालाको समस्या देखिने
४) हार्मोनल परिवर्तनहरू
५) मोटोपना