अमेरिकामा फेरि अर्को बन्दुक आक्रमण, ५ को मृत्यु, प्रहरीसहित ९ घाइते
काठमाडौं । अमेरिकामा पुनः अर्को बन्दुक आक्रमण भएको छ । घटनामा पाँच जनाको मृत्यु भएको छ भने प्रहरीसहित ९ घाइते छन् ।
केन्टकी शहरको वल्ड नेसनल बैंकभित्र बन्दुक आक्रमण भएको हो । आक्रमण सोही बैंकका २३ वर्षीय कर्मचारीले गरेका थिए ।
इन्स्टाग्राममा प्रत्यक्ष प्रसारण गरेर गरिएको आक्रमणमा चार जनाको मृत्यु भएको र तीन प्रहरीसहित ९ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ज्यान गुमाउनेहरू ४०–६४ वर्ष उमेर समूहका हुन् ।
प्रहरीको गोलीबाट आक्रमणकारीको पनि ज्यान गएको छ ।
अमेरिकामा नागरिकलाई बन्दुक राख्न दिने कानून छ । जसको दुरूपयोगले पछिल्लो समय अमेरिकामा बन्दुक आक्रमणका घटना लगातार बढ्दै गएका छन् ।
ताजा अपडेट
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
-
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने


प्रतिक्रिया