नाकबाट रगत किन बग्छ ?

एजेन्सी । सामान्यतया गर्मीमा नाकबाट रगत आउनु सामान्य मानिन्छ । कतिपय अवस्थामा नाक सुख्खा हुँदा, नाक बन्द हँदाु वा चोट लाग्दा पनि नाकबाट रगत बग्छ । नाकबाट कहिलेकाही रत्तस्राव सामान्य हो ।
तर अत्यधिक नाकबाट रगत आएमा भने चिकित्सकको जानु आवश्यक छ । यसले कुनै रोगको पनि संकेत गरेको हुन सक्छ । जस्तो उच्च रक्तचापको समस्यामा पनि नाकबाट रगत आउने हुन सक्छ । त्यस्तै, हेमोफिलिया, लिभर सिरोसिस, नाकको ट्युमरको अवस्थाहरुमा नामबाट रगत बग्न सक्छ ।
त्यस्तै,अत्यधिक हाछ्युँ गर्दा वा नाक रगड्दा, चोटपटक, एलर्जी, साइनसाइटिस वा स्कार्लेट ज्वरो, मलेरिया वा टाइफाइड जस्ता संक्रमणका कारण पनि नाकबाट रगत बग्न सक्छ । नाकबाट रगत बग्दा सामान्य घरेलु उपचार गर्न सकिन्छ । जसले बगेको रगतलाई कम गर्छ र नाकलाई राहत दिन्छ ।
एप्पल साइडर भनेगमा एसिड हुन्छ जसले रक्तनलीलाई रक्तस्राव रोक्नको लागि बन्द गर्छ। एक चम्चा एप्पल साइडर भिनेगर वा सेतो भिनेगर लिनुहोस् र यसमा कपासको बल डुबाउनुहोस् र प्रभावित ठाउँमा लगाएर १० मिनेत जति राख्नुहोस् । यसले नाकमा बगेको रगतलाई रोक्छ ।
त्यस्तै, नाकबाट बगेको रगतलाई रोक्ने अर्को प्रभावकारी उपाय प्याजको रस बन्न सक्छ । प्याजको रसले जमेको रगत जम्नबाट रोक्न मद्दत गर्छ। यसै गरी, आइस पनि यस्ता लगाउन सकिन्छ । यसको चिसोले गर्दा नाकमा रगत बग्न रोकिन्छ । रगत रोक्ने अर्को उत्तम उपाय बाफ हो । बाफ लिनाले नाकबाट रगत आउन बन्द हुन्छ ।
गर्मी मौसममा प्रशस्त पानी पिउनुका साथै तरल पदार्थ बढी सेवन गर्नु राम्रो हुन्छ । यदि तपाईलाई नाकबाट रगतको समस्या छ भने दिनमा कम्तीमा आठ गिलास पानी पिउनुहोस् । शरीरमा पानीको अभावले पनि नाकबाट रगत बग्ने गर्छ ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया