एमाले सचिव टोपबहादुरलाई ‘अपराधी’ भनिएपछि संसदमा भयो हंगामा
काठमाडौं । एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले एमालेका सचिव टोपबहादुर रायमाझीलाई अपराधीको संज्ञा दिएपछि संसदमा हंगामा भएको छ ।
बुधबार प्रतिनिधिसभाको बैठकमा पाण्डेले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा रायमाझी र उनको छोराको संलग्नताको विषयमा प्रश्न उठाएपछि एमालेका प्रमुख सचेतक पदम गिरीले आपत्ति जनाएका हुन् ।
पाण्डेको आरोपप्रति आपत्ति जनाउँदै गिरीले पत्रपत्रिकामा नाम आएको भरमा सांसदलाई अपराधिकरण गर्न नमिल्ने उनले तर्क गरे । रायमाझीको बचाउन गर्दै गिरीले पाण्डेको अभिव्यक्ति तत्काल संसदको रेकर्डबाट हटाउन सभामुखसँग माग गरे ।
भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहसँग रायमाझीसहित तत्कालीन गृहमन्त्री रामबहादुर थापाको साँठगाँठ रहेको खुलासा भएको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया