सडकका ८५ प्रतिशत बालक यौन हिंसामा
काठमाडौं । बालकमाथि पनि यौन हिंसा हुने गरेको विभिन्न तथ्याङ्कले देखाएको छ । भ्वाइस अफ चिल्ड्रेनले आज आयोजना गरेको ‘बालकप्रति हुने यौन दुरव्यवहार रोकथाम गर्न सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रियामा नेपालमा पनि बालकमाथि विभिन्न वहानामा यौनहिंसा हुने गरेको पाइएको जानकारी दिइयो ।
नेपाल प्रहरी, महिला बालबालिका ज्येष्ठ नागरिक सेवा निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ९३ जना र २०७७/७८ मा ९० जना बालक यौनहिंसामा परेका गरेका छन् ।
भ्वाइस अफ चिल्ड्रेनका कार्यक्रम निर्देशक राजु घिमिरेले नातेदार, अभिभावक र विदेशी नागरिकबाट धेरै जसो बालक यौनहिंसामा पर्ने गरेको बताए । बालकलाई फकाई फुलाई यौन हिंसाजस्ता क्रियाकलापमा सहभागि गराउने गरेको उनको भनाइ रहेको छ । बालकमाथि हुने यौनहिंसाका घटना कम उजुरी पर्ने गरेका छन् ।
बालकको अनुभवलाई साधारणरुपमा लिने गरिन्छ र कुनै पनि हानिकारक तथा जोखिमयुक्त तरिकाबाट लिइँदैन । यौन दुव्र्यहारले बालकलाई पनि बालिकाजस्तै शारीरिक, वौद्धिक तथा मानसिकरुपमा असर पर्ने गर्दछ । अध्ययनअनुसार सडकमा बस्ने बालकमध्ये ८५ प्रतिशत बालक यौन दुव्र्यवहार र शोषणमा पर्ने गरेका छन् ।
हाल ९३ प्रतिशत देशले वयस्क र बालिकाबीचको यौन सम्बन्धलाई अपराध मानेका छन् भने ८२ प्रतिशत वयस्क र बालकबीचको यौन सम्बन्धलाई अपराध मानेका छन् ।
यस्तै विश्वभर छ जना बालकमध्ये एक जना १८ वर्ष हुनुअधि नै यौन हिंसाबाट प्रभावित हुने गरिएको अनुमान गरिएको छ । बालकलाई गोप्य अङ्ग छोएर अर्थात छुन लगाएर, अप्ठ्यारो लाग्ने गरी सुम्सुम्याउनु, अश्लिल शब्द प्रयोग गरेर बोलाउनु, अश्लिल तस्विर तथा भिडियो देखाउनु, यौनजन्य मेसेज पठाउनु, गोप्य अङ्ग हेर्नु वा हेर्न लगाउनुजस्ता यौन दुव्र्यहार हुन् । बालकलाई पनि यौन दुव्र्यहार हुन्छ भनेर सचेतना फैलाउन आवश्यक छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया