गर्मीमा हेयर कलर कस्तो गर्ने ?
एजेन्सी । सिजन अनुसार धेरैले आफ्नो लुक्स परिवर्तन गर्छन्। विशेषगरि महिलाहरु यसलाई लिएर गम्भीर हुन्छन् । चाहे त्यो आउटफिट होस् वा हेयर स्टाइल, उनीहरूले गर्मीमा आफ्नो लुक्स बदल्ने गर्छन् । आजकल विभिन्न प्रकारका कपालमा कलर गर्ने ‘ट्रेन्ड’ बढ्दो छ । यसका लागि उनीहरु आफूलाई सुहाउँदो हेयर कलर गर्न रुची राख्छन् ।
कस्तो कलर गर्ने ?
हेयर कलर गरेर मात्र हुँदैन् । यसको लागि आफूलाई सुहाउँदो कलर पनि हुनुपर्छ । अनुहारमा सुहाउँदो कलर भयो भने मात्र यसले तपाईको आवरणमा परिवर्तन गराउँछ ।
यसका लागि सबैभन्दा पहिले आफ्नो छालाको रङ पहिचान गर्नुपर्छ । छालाको रङ अनुसारको मिल्दो हेयर कलर गरियो भने यसले अनुहारमा थप चमक ल्याउँछ र सुन्दर देखाउँछ ।
कुन छालामा कस्तो कलर
यदि तपाईको छालाको रङ गहुँ गोरो छ भने तपाई ‘हनी ब्लोन्ड’ कलर गर्न सक्नुहुन्छ । यसले तपाईलाई थप आकर्षक बनाउँछ । यो कलर ब्राउन र सुनौलो पहेंलो रंग मिसाएर बनाइएको हुन्छ । यो रंग विशेषगरी ‘स्टेप कट’ कपालमा राम्रो देखिन्छ ।
त्यस्तै, तपाईको रंग गोरो छ भने तपाई ‘ब्रूनेट’ कलर गर्नसक्नुहुन्छ । यो गोरो छालामा राम्रो देखिन्छ । यसलाई नीलो तटस्थ खैरो रंग प्रयोग गरेर बनाइन्छ । ‘बरगंन्डी रातो’ कलर धेरैको लोकप्रिय बनेको छ । तपाईको छालाकोे रंग हल्का फूस्रो छ भने यसले तपाईलाई विशेष सुहाउँछ ।
हल्का कालो छाला हुनेहरूले ‘मिडनाइट ब्लु’ कलर गर्न सक्छन् । यसले तपाईंको लुकलाई पूर्ण रूपमा परिवर्तन बनाउँछ र स्टाइलिस पनि देखाउँछ । यसैगरी ‘पिची पिंक’ कलर पनि गर्मी मौसममा राम्रो देखिन्छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया