२८ अर्ब ८२ करोडका १९८ ठेक्का अपुरा, तर किन हुँदैन ठेकेदारलाई कारबाही ?
काठमाडौं । सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ र ६३ अनुसार सम्भर्लात बमोजिम काम नगरी बीचैमा छोडेमा वा कामको प्रगती नगरेमा त्यस्तो ठेकेदारको पेश्की जमानी जफत गर्नुपर्छ ।
यस्तै पूर्वनिर्धारित क्षतिपूर्ति भराउनुपर्छ । त्यसपछि ठेक्का तोडेर त्यस्तो ठेकेदारलाई कालोसूचीमा राख्नुपर्छ । तर ती काम नगरि ९ पटकसम्म म्याद थप गर्ने र ठेकेदारले काम सम्पन्न नगर्ने समस्या व्यापक रुपमा देखिएको छ ।
सडक विभाग अन्तर्गत २४ डिभिजनका २८ अर्ब ८२ करोड रुपैयाँका १९८ वटा ठेक्का सम्झौता अलपत्र परेका छन् ।
ती योजनाहरु निर्माणका लागि पेश्की तथा विभिन्न चरणमा सरकारले ७ अर्ब ३८ करोड भुत्तानी दिइसकेको छ ।
यसरी अपुरा ठेक्काहरुको संख्या बर्षेनी बढिरहेको छ ।
ठेक्का अलपत्र पार्ने, समयमा काम सम्पन्न नगर्ने ठेकेदारबाट नियमअनुसार कारबाही गर्दा २ अर्ब ७५ करोड पेश्की जफत गर्नुपर्ने हुन्छ । तर सरकारले त्यसो नगरेर उनीहरुलाई राज्यकोषको दुरुपयोग गर्न प्रोत्साहन गरेको छ ।
उनीहरुबाट ७१ करोड ३८ लाख क्षतिपूर्ति भराउन महालेखाले सिफारिस गरेको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया