विश्वकै धेरै वायु प्रदुषण भएको शहर बन्यो काठमाडौं

काठमाडाैं । काठमाडौं उपत्यकासहित विश्वभर नै वायु प्रदूषण बढ्दै गएको छ । अहिले काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीमा पहिलो नम्बरमा आएको छ । यसअधि आज बिहान ९ः३० बजेको हावाको गुणस्तर मापक सूचक (एक्यूआई) का अनुसार काठमाडौं दोस्रो सूचीमा थियो ।
एक्यूआई ५० भन्दा धेरै भएमा कमजोर स्वास्थ्य भएका समूह जोखिममा पर्छन् भने एक सयभन्दा माथि भएमा सबैका लागि अस्वस्थ हुन्छ । काठमाडौंको एक्यूआई अहिले २०८ छ । सूचीको दाेस्रो स्थानमा थाइल्याण्डको च्याङमाइ सहर रहेको छ । आज बिहान यो शहर पहिलो स्थानमा थियो ।
च्याङमाइको एक्यूआई १८३ छ । यसैगरी तेस्रो स्थानमा भारतको कोल्कता, चौथोमा दिल्ली रहेको छ । यस्तै पाँचौंमा पाकिस्तानको लाहुरी र छैंटौंमा बंगलादेशको ढाका रहेको छ । ढाकाको एक्यूआई १५६ छ ।
५१ देखि सयसम्म एक्यूआई मापन गरिएको वायु सामान्य अवस्थाको मानिने गरिन्छ । त्यसभन्दा माथिको एक्यूआई अस्वस्थकर हुन्छ । एक्यूआई तीन सयभन्दा माथि पुगेमा वायु प्रदूषण डरलाग्दो र घातक हुने बताइएको छ ।
ताजा अपडेट
-
कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : परराष्ट्रमन्त्री राणा
-
गाउँपालिकाका कर्मचारी सवार गाडी दुर्घटना, ११ जना घाइते
-
एमालेले सात कम्युनिस्ट योद्धालाई सम्मान गर्ने
-
अर्थतन्त्र सुधार गरेर गणतन्त्रलाई सुदृढ पार्नुपर्छ : राष्ट्रपति पौडेल
-
नयाँ वर्षमा प्रधानमन्त्रीको सन्देश– निराशा फैलाउनेलाई परास्त गर्दै अघि बढौं
प्रतिक्रिया