NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

अब पाइपलाइनबाट नै पेट्रोल आपूर्ति हुने

काठमाडाैं । हाल डिजेलमात्रै आयात भइरहेको नेपाल-भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट अबको केही महिनानपछि पेट्रोलसमेत आपूर्ति हुँदैछ । भारत र नेपालबीचको यो साझेदारीले नेपालसहित भूपरिवेष्ठित मुलुकमा पेट्रोलको मूल्य चारैतिरबाट घट्ने अपेक्षा गरिएको छ ।

पाइपलाइनबाट पेट्रोल ढुवानी गर्न केही समय लागे पनि योजनाअनुसार काम अघि बढेमा आगामी जनवरीदेखि आपूर्ति  सुरु हुने सम्भावना छ ।

नेपाल आयल निगमका प्रवक्ता विनितामणि उपाध्यायले आवश्यक पूर्वाधार निर्माणको काम अहिले तीव्र गतिमा भइरहेको बताए । उनका अनुसार पाइपलाइनबाट पेट्रोल ढुवानी गर्दा खर्चमा केही कमी आउन सक्छ । हालसम्म नेपालमा पाइपलाइनबाट मात्रै डिजेल आपूर्ति हुँदै आएको थियो । आपूर्ति सुरु भएपछि नेपालमा डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटेको थियो ।

प्रवक्ता उपाध्यायले पाइपलाइनको दोस्रो चरणअन्तर्गत अमलेखगन्जमा भण्डारण केन्द्र र अन्य पूर्वाधार निर्माणको काम भइरहेको बताए । उनले भने, ‘अहिले एनओसी र आईओसीको संयुक्त लगानीमा विभिन्न पूर्वाधार निर्माणको काम भइरहेको छ, अहिलेको गतिमा काम अघि बढेमा सन् २०२४ को जनवरीसम्ममा पाइपलाइनबाट पेट्रोल पु¥याउने काम सुरु हुनेछ ।’

यसका लागि भण्डारण ट्याङ्की, पम्प हाउस र आगो नियन्त्रण प्रणालीको काम पनि भइरहेको उनको भनाइ छ ।

निगमका अनुसार अहिले दैनिक करिब चार हजार किलोलिटर डिजेल पाइपलाइनबाट आपूर्ति भइरहेको छ । यसका लागि भण्डारण ट्याङ्की, पम्प हाउस र आगो नियन्त्रण प्रणालीको काम पनि भइरहेको उनको भनाइ छ ।

अहिले भैरहवासम्मको सबै डिजेल पाइपलाइनबाट मात्रै आउँदैछ । त्यहाँबाट तेल ट्याङ्करमा भरेर देशका विभिन्न क्षेत्रमा पठाइन्छ ।

दक्षिण एसियाकै पहिलो अन्तर्राष्ट्रिय पाइपलाइन

भारतको बिहार मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म विस्तार भएको उक्त पाइपलाइनको काम सन् २०१८ अगस्ट (२०७६ भदौ)  मा सुरू भएको थियो । दक्षिण एसियामै पहिलो अन्तर्राष्ट्रिय पेट्रोलियम पाइपलाइन भनिएतापनि नेपालमा डिजेल मात्रै आपूर्ति हुँदै आएको छ । निगमका एक अधिकारीले अमलेखगञ्जमा ‘पेट्रोल भण्डारण गर्न सक्ने’ पूर्वाधार पूरा नभएकाले त्यस्तो हुन नसकेको बताए ।

तर, पाइपलाइन निर्माणको दोस्रो चरणमा इन्डियन आयल कर्पोरेशनसँगको साझेदारीमा यस्ता भण्डारण केन्द्रको निर्माण कार्य तीव्र गतिमा भइरहेको निगमका प्रवक्ता उपाध्याय बताउँछन् । नेपाल र भारतको संयुक्त लगानीमा निर्माण भएको यो अन्तर्राष्ट्रिय पाइपलाइनलाई चितवनको लोथरसम्म ७० किलोमिटर विस्तार गर्ने योजना छ । हाल निर्माण भइरहेको पाइपलाइनको कुल लम्बाइ ६९.२ किलोमिटर छ, जसमध्ये ३६.२ किलोमिटर नेपालमा पर्छ।

पाइपलाइनबाट पेट्रोल आपूर्ति हुँदा फाइदा

प्रवक्ता उपाध्ययका अनुसार पाइपलाइनको काम पहिले नै सम्पन्न हुन सक्ने भए पनि कोभिड महामारीका कारण केही ढिलाइ भएको हो ।

उपाध्यायले भने,’पाइपलाइन सामान ढुवानीको आधुनिक माध्यम हो, यसले ढुवानीलाई सहज मात्रै होइन छिटो र भरपर्दो पनि बनाउँछ, चोरी र मिसावट पनि कम हुन्छ । उनले थपे ‘अहिले काठमाडौंसम्म पेट्रोल पु¥याउन प्रतिलिटर ६.७२ नेपाली रुपैयाँ लाग्ने गरेको छ, पाइपलाइन पुगेपछि यो लागत घटेर साढे चार रुपैयाँसम्म पुग्छ ।’