NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

९ महिनामा १० खर्ब ८३ अर्बको व्यापारघाटा, पेट्रोल मात्रै ४९ अर्बको आयात

काठमाडौं । चालु आव २०७९/८० को ९ महिना (साउन-चैत्र) सम्मको अवधिमामा १२ खर्ब १ अर्ब ५० करोड रूपैयाँ बराबरको वस्तु वस्तु आयात भएको छ ।

जुन गत वर्षको सोही अवधिको तुलनामा १८.८ प्रतिशतले कम आयात भएको छ । गत आवको सोही अवधिमा १४ खर्ब ६६ अर्ब ६६ करोड रूपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

१ खर्ब १८ अर्बको निर्यात

तथ्यांकअनुसार चालु आवको ९ महिना अवधिमा वस्तु निर्यात भने १ खर्ब १८ अर्ब २७ करोड रूपैयाँको मात्रै भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा २६.३४ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा १ खर्ब ६० अर्ब ५७ करोड रूपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।

१० खर्ब ८३ अर्बको व्यापारघाटा

चालु आवको चैत्रसम्ममा आइपुग्दाम व्यापार घाटा झन् बढेको छ । चालु आवको चैत्र मसान्तसम्म आइपुग्दा नेपालको विभिन्न मूलुकसँग १० खर्ब ८३ अर्ब २२ करोड रूपैयाँ पुगेको छ ।

२ खर्ब ७६ अर्बको राजश्व संकलन

चालु आवको ९ महिनाको अवधिमा आयातित वस्तुबाट सरकारले २ खर्ब ७६ अर्ब ५ करोड रूपैयाँको राजश्व संकलन गरेको छ ।

पेट्रोल मात्रै ४९ अर्बको 

चालु आवको ९ महिनाको अवधिमा पेट्रोल मात्रै ४९ अर्बको आयात भएको छ । उक्त मूल्य बराबरको पेट्रोल आयात हुँदा सरकारले २७ अर्ब १ करोड राजश्व संकलन गरेको छ ।