१५ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । १५ निर्माण कम्पनी सरकारको कालोसूचीमा परेका छन् । कबोलअनुसारको काम नगरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले यी कम्पनीहरूलाई कालोसूचीमा राखेको हो ।
विभिन्न कार्यालयबाट लेखी आएअनुसार वैशाख ६ गते निर्णय गरेर यी कम्पनीलाई एकदेखि ३ वर्षसम्म कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।
कालोसूचीमा पर्नेहरूमा श्री एस.ए. एस कन्स्ट्रक्सन प्रालि, धुलिखेल युनिकर्ण जेभी, फेब नेपाल प्रालि, कन्या कालिका स्टिल फर्निचर प्रालि, नागार्जुन शंकरमाली जेभीलगायत छन् ।
हेर्नुहोस् कार्यालयले प्रकाशित गरेको सूचना
ताजा अपडेट
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
प्रतिक्रिया