सप्तरीमा आगलागीबाट १५ घर नष्ट
सप्तरी । सप्तरीको खडक नगरपालिकामा घुरबाट सल्केको आगोका कारण १५ घर जलेर नष्ट हुँदा ६५ लाख बराबरको क्षति भएको छ ।
खडक नगरपालिका–९ बज्राहीगुठी टोलमा घर पछाडि बालेको घुरबाट सल्केको आगोले १५ घर, ती घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडावर्तन, गरगहनार नगद गरी ६५ लाख २० हजार बराबरको क्षति भएको सप्तरी प्रहरीले जनाएको छ ।
आगोले सुरेन्द्रप्रसाद चौधरी, धीरेन्द्रचौधरी, राजेन्द्रप्रसाद चौधरी हरिहर देवीचौधरी, भरत चौधरी, मोहनप्रसाद चौधरी, शत्रुघ्न चौधरी, रवीन चौधरी, अमिन चौधरी, सचिन चौधरी, सबुरलाल चौधरी, मिश्रिलाल चौधरी, हरि चौधरी, नेमन चौधरी र नन्दचौधरीको घर जलेर नष्ट भएको छ ।
शम्भुनाथर राजविराज नगरपालिकाको वारुणयन्त्रको सहयोगमा स्थानीयवासी र नेपाल प्रहरीले आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेश कुमार सिंहले बताए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया