आँखामा एलर्जी हुँदा के गर्ने ?
एजेन्सी । आँखा एक संवेदनशिल अंग हो। यसलाई विशेष हेरचाह चाहिन्छ । कहिलेकाही आँखामा संक्रमणले हुँदा आँखा अचानक चिलाउने, रातो हुने र आँखाको भागमा फोका उठ्ने, एजर्जी जस्ता समस्या देखापर्छन् ।
जसले आँखामा संक्रमण गराउँछ । विशेष गरी बाहिरी धुलो, धुवाँ, फोहोर र हानिकारक कणहरुले आँखामा यस्ता समस्या निम्त्याउँछ । यस बाट बच्न आँखालाई धुलोका कणहरुबाट बचाउनु जरुरी छ ।
यदि तपाईको आँखामा यस्तो समस्या आएको छ भने सफा सुतिको कपडालाई भिजाएर त्यसले दिनको दुई पटक आँखा सफा गर्नुहोस् । यसले आँखा वरपरका ग्रन्थीहरूमा जम्मा भएको अतिरिक्त फोहोरका कणहरु हटाउँछ । यस्तो समस्या आएको समय आँखालाई रगडनु हुँदैन् । यसले संक्रमण थप बढाउँछ ।
अत्यधिक आँलाई असहजिलो भएको छ भने चिकित्सकको सल्लाहमा स एन्टिसेप्टिक प्रयोग गर्नु उचित हुन्छ । आँखामा समस्या भएको समयमा आँखालाई सकेसम्म हेरचाह गर्नुहोस् । मोबाइल, टिभी, ल्यापटप आदिको कम प्रयोग कम गर्नाले आँखामा थप भार पर्दैन ।
आँखामा एलर्जी हुँदा मेकअप, कन्ट्याक्ट लेन्स वा आँखाका अन्य सामानहरू प्रयोग नगर्नुहोस्। यसले आँखामा अझै बढी पिडा ल्याउँछ । सकेसम्म आँखा बन्द गर्ने कोशिश गर्नुहोस् । साधारण हेरचारले आँखा ठिक नभए चिकित्सको परामर्श अत्यावश्यक हुन्छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया