कैलालीमा जिप दुर्घटना : एकको मृत्यु, पाँच घाइते
सहजपुर । कैलालीमा स्कारपियो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
गोदावरी नगरपालिका–५ गेटा ट्राफिक पोस्ट नजिकै बा १५ च ४६३७ नम्बरको स्कारपियो दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका वडा नं ११ बेलाका ७० वर्षीय भोजराज भट्टको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
स्कारपियोमा सवार अन्य पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं २ का ४२ वर्षीय चालक तेजबहादुर पाल, धनगढी–६ मटयारीका ४२ वर्षीय भरतबहादुर चन्द, सोही ठाउँका ४८ वर्षीय वसन्तबहादुर चन्द, ३६ वर्षीया निलम चन्द र ३६ वर्षकै अनु खाँण चन्द रहेको प्रहरीले जनाएको छ ।
घाइते सबैको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ । हरिद्वारबाट आएको उक्त स्कारपियो अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया