NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

निर्विरोध सांसद निर्वाचित भएका मनाङेको चुनावी खर्च २३ हजार

काठमाडौं । मनाङ क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) बाट निर्वाचित उम्मेदवार राजीव गुरूङ उर्फ दीपक मनाङेले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् ।

स्वतन्त्र उम्मेदवार रहेका मनाङेले आफूले चुनावमा २३ हजार रूपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरेका हुन् ।

उनले बुझाएको खर्च विवरणअनुसार उम्मेदवारी दर्ता गर्न पाँच हजार, गोष्ठि र अन्तरक्रिया गर्न १८ हजार रूपैयाँ खर्च भएको जनाइएको छ ।
गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा उनी निर्विरोध प्रदेशसभा सांसद चुनिएका थिए ।

निर्वाचन आयोगले चुनाव सकिएको ३५ दिनभित्रै खर्च सार्वजनिक गर्नुपर्ने घोषणा गरेको थियो । यत्ति गर्दा पनि विवरण नबुझाएपछि प्रदेश निर्वाचन कार्यालय गण्डकीले वैशाख ७ गत अर्को सूचना निकालेको थियो । जसमा विवरण नबुझाउनेलाई सफाइसहितको स्पष्टिकरण पेश गर्न भनिएको थियो ।