बालबालिकाको बेक्रफास्ट कस्तो हुनुपर्छ ?

एजेन्सी । बालबालिकाको शारीरिक र मानसिक विकासमा आहारले महत्त्वपूर्ण भूमिका खेल्छ । स्वस्थ आहारले बालबालिकाको शरीरमा ऊर्जा पनि कायम राख्छ। त्यसैले बालबालिकालाई खुवाउने ब्रेकफास्ट पौष्टिक हुन जरुरी छ ।
के के खुवाउने ?
दूधजन्य पर्दाथ
दूध, दही र पनीर जस्ता डेयरी उत्पादनहरू बढ्दो बच्चाहरूको लागि धेरै लाभदायक हुन्छन् । यसमा बालबालिकाको वृद्धिमा चाहिले सम्पूर्ण तत्व समावेश भएको हुन्छ । दूधमा क्याल्सियम र फस्फोरस पाइन्छ । जुन हड्डी, दाँत र नङको विकासका लागि चाहिन्छ । नेशनल लाइब्रेरी अफ मेडिसिन, संयुक्त राज्य अमेरिका मा प्रकाशित एक अनुसन्धानका अनुसार, दूधमा भिटामिन डी पनि प्रशस्त हुन्छ, जुन हड्डीको स्वास्थ्यको लागि अर्को आवश्यक पोषक तत्व हो।
अण्डा
अण्डा प्रोटिनको राम्रो स्रोत हो । जसले बालबालिको मस्तिष्क विकासमा मद्त पुर्याउँछ । अण्डामा ओमेगा–३ फ्याटी एसिड, भिटामिन डी, फोलेट, जिंक, आइरन र सेलेनियम पाइन्छ । जसले बालबालिकालाई दिनभर उर्जाशिलसमेत बनाउँछ ।
ओट्स
बालबालिकालाई ऊर्जा प्रदान गर्नका लागि ओट्सलाई सबैभन्दा राम्रो ब्रेकफास्ट फूडमध्ये एक मानिन्छ। नेशनल लाइब्रेरी अफ मेडिसिनको अनुसन्धानका अनुसार बिहानको खाजामा ओट्स खाने बालबालिकाले ओट्स नखाने बालबालिकाको तुलनामा विद्यालयमा बढी ध्यान दिन सक्छन् ।
ओट्समा भिटामिन बी र ई, पोटासियम र जिंक जस्ता महत्त्वपूर्ण पोषक तत्वहरू पाइन्छ, जसले मस्तिष्कको विकास सँगै शरीर तन्दुरुस्त राख्छ।
ब्रोकाउली
तरकारीमध्ये पनि ब्रोकाउलीमा क्याल्सियम प्रशस्त्र पाइन्छ । बढ्दो बच्चाहरूको लागि आवश्यक पोषक तत्व यसमा हुन्छ । फाइबर, आइरन, म्याग्नेसियम, फस्फोरस, पोटासियम, जिंक र फोलिक एसिड बढ्दो बालबालिकाका लागि अत्यावश्यक छ । जुन ब्रोकाउलीमा प्रशस्त्र मात्रामा हुन्छन् । त्यसैले बिहानको खानामा बालबालिकालाई ब्रोकाउली पनि खान दिनुहोस् ।
प्रतिक्रिया