बारामा उपेन्द्रले बढाए मतान्तर

काठमाडौं । बारा–२ प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा गठबन्धनबाट साझा उम्मेदवार रहेका जसपाका अध्यक्ष उपेन्द्र यादवले निकटतम प्रतिस्पर्धीसँग मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।
बिहान साढे आठ बजे सम्मको मतपरिणाम अनुसार यादवले प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहसँग ३ हजार ३९० फराकिलो मतान्तरसहित अग्रता लिइरहेका छन् ।
यादवले १० हजार २०० मत पाउँदा उनका प्रतिस्पर्धी कुशवाहले ६ हजार ८१० मत पाएका छन् । तेस्रोमा रहेका एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ४ हजार ११ मत पाएका छन् । रास्वपाका उम्मेदवार रमेश खरेल एकहजार १७४ मतसहित चौंथो स्थानमा छन् ।
ताजा अपडेट
-
हैजा रोग नियन्त्रणका लागि काठमाडौँ महानगर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम
-
नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह
-
हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध
-
कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
-
चिरखुवा खोलामा साढे पाँच करोडमा पक्की पुल
प्रतिक्रिया