मापदण्डविपरीतका संरचना हटाउँदै सिरहा नगरपालिका

सिरहा । सिरहा नगरपालिकाले सिरहा–माडर सडक खण्डमा मापदण्ड मिचेर बनाइएका संरचना हटाउन सुरु गरेको छ । नगरपालिकाले सडक साँघुरो पारेका र सहरी सुन्दरता विगार्ने गरी बनेका घरका पेटी र टहरा भत्काउन थालेको हो ।
नगरभित्रका मुख्य सडकलाई ३० मिटर चौडा बनाउन मापदण्डविपरीतका संरचना हटाउनुपरेको नगरपालिकाले जनाएको छ । वडा नं ७ को थाना चोकबाट वडा नं १७ माडर खटौँकासम्मका नियमविपरीतका संरचना हटाउन सुरु गरिएको नगर प्रमुख डा नवीनकुमार यादवले बताए ।
‘मापदण्डविपरीत बनेका घरका पेटी र अन्य संरचना हटाउँछौँ,’ उनले भने, ‘विकास निर्माणमा बाधा नपु¥याउन सबैपक्ष समक्ष आग्रह गर्दछु ।’
प्रतिक्रिया