उपेन्द्र र शिवचन्द्रलाई पचरौताको मत निर्णायक
काठमाडौं । सबैले चासोसाथ हेरिएको बारा–२ मा मतगणना अन्तिमचरणमा पुगेको छ । पछिल्लो मतगणनाअनुसार गठान्धनबाट उम्मेदवार रहेका उपेन्द्र यादव २ हजार ६२९ मतान्तरले अग्रता लिएका छन् ।
उनलाई जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले पछ्याइरहेका छन् । अब पचरौता नगरपालिकाको मत मात्र गणना हुन बाँकी रहेकाले उपेन्द्रको जित र हारको निर्णायक फैसला यसै नगरपालिकाले गर्नेछ ।
कुल ६८ हजार ८८७ मत खसेकोमध्ये यो नगरपालिकामा करिब १३ हजार ५९९ मत खसेको थियो । कोल्हवी नगरपालिकाको वडा नम्बर ८, महागढीमाई नगरपालिका, सुवर्ण, देवताल, करैयामाई गाउँपालिकाको मतगणना सकिसकेको छ । अहिले पचरौतामा मतगणना सुरू भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यादवले २२ हजार ५५२ मत प्राप्त गर्दा कुशवाहले १९ हजार ९२३ मत पाएका छन् । यादवले जित सुनिश्चित गर्नका लागि यो नगरपालिकामा पनि अग्रता कायमै राख्नुपर्नेछ ।
यस्तै एमालेका पुरुषोतम पौडेलले ६ हजार ५०१, रास्वपाका रमेश खरेलले २ हजार ६८१ र आम जनता पार्टीका अरुण ज्ञवालीले २ हजार ६१५ मत प्राप्त गरेका छन् ।
ताजा अपडेट
-
नयाँ विशेषतासहित ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा
-
ऋण असुलीबाट समस्याग्रस्तका ५ सहकारीका १३५ जना बचतकर्ताले पाए रकम फिर्ता
-
लेदो हटाएपछि मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा
-
भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री वाग्ले कूटनीतिक र द्विपक्षीय भेटघाटमा सहभागी हुँदै
-
भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा


प्रतिक्रिया