NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

उपेन्द्र र शिवचन्द्रलाई पचरौताको मत निर्णायक

काठमाडौं । सबैले चासोसाथ हेरिएको बारा–२ मा  मतगणना अन्तिमचरणमा पुगेको छ । पछिल्लो मतगणनाअनुसार गठान्धनबाट उम्मेदवार रहेका उपेन्द्र यादव २ हजार ६२९ मतान्तरले अग्रता लिएका छन् ।

उनलाई जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले पछ्याइरहेका छन् । अब पचरौता नगरपालिकाको मत मात्र गणना हुन बाँकी रहेकाले उपेन्द्रको जित र हारको निर्णायक फैसला यसै नगरपालिकाले गर्नेछ ।

कुल ६८ हजार ८८७ मत खसेकोमध्ये यो नगरपालिकामा करिब १३ हजार ५९९ मत खसेको थियो ।  कोल्हवी नगरपालिकाको वडा नम्बर ८, महागढीमाई नगरपालिका, सुवर्ण, देवताल, करैयामाई गाउँपालिकाको मतगणना सकिसकेको छ । अहिले पचरौतामा मतगणना सुरू भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यादवले २२ हजार ५५२ मत प्राप्त गर्दा कुशवाहले १९ हजार ९२३ मत पाएका छन् । यादवले जित सुनिश्चित गर्नका लागि यो नगरपालिकामा पनि अग्रता कायमै राख्नुपर्नेछ ।

यस्तै एमालेका पुरुषोतम पौडेलले ६ हजार ५०१, रास्वपाका रमेश खरेलले २ हजार ६८१ र आम जनता पार्टीका अरुण ज्ञवालीले २ हजार ६१५ मत प्राप्त गरेका छन् ।