सप्तरीमा पराजित भएका उपेन्द्रले बाराबाट क्षतिपूर्ति भराए
काठमाडौं । बारा-२ बाट प्रतिनिधिसभा सदस्यमा जसपाका उम्मेदवार उपेन्द्र यादव विजयी भएका छन् ।
यादवले प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहलाई ५ हजार ८१ मतान्तरले पराजित गरेका हुन् । उनले २८ हजार ४१५ मत ल्याइ विजयी हुँदा कुशवाहले २३ हजार ३३४ मत पाएका हुन् ।
मंसिरमा भएको निर्वाचनमा सप्तरी–२ बाट यादव जनमत पार्टीका अध्यक्ष डा.सीके राउतसँग फराकिलो मतान्तरले पराजित भएका थिए । उनले त्यसको क्षतिपूर्ति बाराबाट असुलेका छन् ।
यसैगरी तेस्रो स्थानमा रहेका एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले १० हजार २१६ मत पाए । रास्वपाका उम्मेदवार रमेश खरेल २ हजार ८२९ मतसहित चौंथो स्थानमा चित्त बुझाएका छन् ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया