NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

सप्तरीमा पराजित भएका उपेन्द्रले बाराबाट क्षतिपूर्ति भराए

काठमाडौं । बारा-२ बाट प्रतिनिधिसभा सदस्यमा जसपाका उम्मेदवार उपेन्द्र यादव विजयी भएका छन् ।

यादवले प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहलाई ५ हजार ८१ मतान्तरले पराजित गरेका हुन् । उनले २८ हजार ४१५ मत ल्याइ विजयी हुँदा कुशवाहले २३ हजार ३३४ मत पाएका हुन् ।

मंसिरमा भएको निर्वाचनमा सप्तरी–२ बाट यादव जनमत पार्टीका अध्यक्ष डा.सीके राउतसँग फराकिलो मतान्तरले पराजित भएका थिए । उनले त्यसको क्षतिपूर्ति बाराबाट असुलेका छन् ।

यसैगरी तेस्रो स्थानमा रहेका एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले १० हजार २१६ मत पाए । रास्वपाका उम्मेदवार रमेश खरेल २ हजार ८२९ मतसहित चौंथो स्थानमा चित्त बुझाएका छन् ।