NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

कुन-कुन मुलुकमा कति निर्यात हुन्छ यार्सागुम्बा ?

काठमाडौं । नेपालबाट निर्यात हुने मूख्य वस्तुमध्येमा यार्सागुम्बा पनि पर्दछ । चालु आव २०७९/८० को चैत्रसम्ममा नेपालमा ३२ करोड रुपैयाँ बराबराको यार्सागुम्बा विदेशमा निकासी भएको छ ।

भन्सार विभागका तथ्यांकअनुसार साउनदेखि चैत्रमसान्तसम्मा ३२ करोड २५ लाख ६० हजार रुपैयाँ बराबरको यार्सागुम्मा विदेश निर्यात भएको हो । जुन गत वर्षको तुलनामा ४ करोड रुपैयाँ बराबरले बढी हो । गत आवको सोही तुलनामा २८ करोड १६ लाख ८२ हजार रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको थियो ।

नेपालको बहुमूल्य जटीबुटीमध्यको एक जटीबुटी यार्सागुम्बा कम्बोडिया, फ्रान्स, सिंगापुर,मलेसिया जर्मनी, हङकङ कोरिया, युक्रेन, बेलायत, जापान थाइल्याण्डलगायतका मुलुकमा निर्यात हुने गरेको पाइएको छ ।

नौ महिनाको तथ्यांकअनुसार सबैभन्दा बढी यार्सागुम्बा हङकङमा १८ करोड ८७ लाख २४ हजार रुपैयाँ बराबरको २७३ केजी निकासी भएको विभागको तथ्यांक छ । त्यस्तै कम्बोडियामा ११ करोड ९२ लाख ३१ हजार रुपैयाँको १९२ केजी यार्सागुम्बा निर्यात भएको छ । यस्तै भेदनाममा चार करोड ३६ लाख ९९ हजार रुपैयाँको ८८ केजी निकासी भएको छ ।

अन्य मूलुकहरुमा सिंगापुर १ करोड ३१ लख ८२ हजार रुपैयाँ बराबरको १४ केजी, अमेरिकामा १ करोड १४ लाख ९४ हजारको १८ केजी, बेलायतमा २० लाख ६३ हजारको ८ केजी, चीनमा ७१ लखको १४ केजी फ्रान्समा १० लाखको ३ केज यार्सागुम्बा निर्यात भएको छ ।

के हो यार्सागुम्बा ?

नेपालको हिमाली भेगमा पाइने यार्सागुम्बा ढुसी र झुसिलकिरा एकसाथ जोडिएर बस्ने एक बहुमूल्य बनस्पति हो । यो ६ महिना किरा र ६ महिना वनस्पति भएर बस्तछ । जसअनुसार किरा मरे वनस्पति जीवित रहने र वनस्पति मरे किरा जीवित रहने हुन्छ ।

यी विरुवा उम्रेपछि यिनका जराहरु झुसिलकिराको शरिरमा फैलिन्छन् । त्यससमयमा झुसिलकिरा हिडडुँल गरिरहेकै हुन्छ । विस्तारै झुसिलकिरालाई वनस्पतिलाई ढाक्दै गएपछि झुसिलकिरा जमिनभित्र गएर मर्छ । झुसिलकिरा मरेपछि वनस्पतिले आफ्नो आहारा त्यही झुसिलकिराबाट प्राप्त गर्छ ।

झुसिल्किरा जमिनमा मरिसकेपछि बनस्पतिले आफ्नो आहारा त्यही झुसिल्किराको शरीरबाट लिन्छ र बनस्पति विकसित हुन्छ अर्थात् माटोमाथि जीवित रहन्छ, माटोमूनि मर्छ ।

माटोमाथिको बनस्पति माटोमुनिको प्राणीको टाउकोबाट पलाएको हुन्छ । यसको रङ्ग कालो हुन्छ, जसको टुप्पोमा स–साना प्वालहरू हुन्छन्। ती प्वालभित्र लामा लामा थैला हुन्छन् र प्रत्येक थैलामा मसिना मसिना लामा लामा बीऊ हुन्छन् ।