NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

यी फलफूलको बोक्रा तासेर कहिल्यै नखानू 

एजेन्सी । अधिकांश व्यक्ति फलफूल खाँदा त्यसको बोक्रा तासेर खाने गर्छन् । तर शरीरको लागि आवश्यक पोषक तत्व केही फलफूलहरूको बोक्रामा नै हुने गर्छ । विशेषगरी मौसमी फलफूल पोषक तत्वले भरिपूर्ण मानिन्छ ।

केही फलफूलमा पाइने एन्टिअक्सिडेन्ट गुणले तपाईंलाई सबै प्रकारका गम्भीर रोगहरूबाटसमेत बचाउँछ । अध्ययनका अनुसार फलफूलका अधिकांश पोषक तत्वहरू ती फलफूलको बोक्रामा हुन्छन् । फलफूलबाट अधिकतम लाभ लिनको लागि सही तरिका र सही समयमा उपभोग गर्न आवश्यक छ ।

बोक्रा नतासी खानुहोस् यी फलफूल
स्याउ
स्याउको बोक्रामा भिटामिन के, ए, सी, क्याल्सियम र पोटासियम पाइन्छ । जुन स्वास्थ्यका लागि लाभदायिक मानिन्छ । त्यसैले स्याउको बोक्रा तासेर खाँदा यी सबै पौष्टिक तत्व नष्ट हुन्छन् ।

काँक्रो

काँक्रो हामी सलादको रूपमा खान्छौं । काँक्रोको बोक्रा पनि धेरै पोषक तत्वले भरिपूर्ण हुन्छ । त्यसैले हामीले यसको प्रयोग गर्दा बोक्रा सँगै गर्नुपर्छ । क्राँकोको ब्रोकामा एन्टिअक्सिडेन्ट, अघुलनशील फाइबर र पोटासियम हुन्छ। जसले शरीरमा पौटिकता प्रदान गर्छ ।

आँप
आँपको बोक्रा हर कोही निकालेर खाने गर्छन् । तर यसको बोक्रामा म्यान्जिफेरिन, नोरेथिरोल र रेभेराट्रोल जस्ता शक्तिशाली एन्टिअक्सिडेन्टहरू हुन्छन् जसले फोक्सो,स्तन, मस्तिष्क र मेरुदण्डको क्यान्सर र अन्य धेरै गम्भीर रोगहरूको जोखिम कम गर्न मद्दत गर्दछ।