गर्मीमा डन्डिफोर किन आउँछ ?

एजेन्सी । जाडोको समयमा भन्दा गर्मीमा डन्डिफोरको समस्याले अत्यधिक सताउँछ । खासमा गर्मी माैसममा किन आउँछ त डन्डिफोर ?
गर्मीमा डन्डिफोर आउनुको प्रमुख कारण हामीले गर्ने असावधानी हो । जाडोमा भन्दा गर्मीमा अनुहारलाई थप हेरचार र स्याहारको आवश्यकता हुन्छ ।
बढ्दो तापक्रमले गर्मीमा पसिना आउने समस्या पनि उच्च हुन्छ । जसले छालामा विविध समस्या ल्याउने गर्छन् । गर्मीमा पसिना र धुलोका कारण छालाका छिद्रहरू बन्द हुन थाल्छन् । जसले गर्दा छाला भित्र तेल बढी जम्मा हुन्छ र डन्डिफोर आउन थाल्छ । विशेषगरी ओइली अर्थात् अत्यधिक तेल आउने छालामा पिम्पल्सको समस्या बढी हुने गर्छ ।
यस्तै पिम्पल्स आउने अर्को कारण बारम्बार अनुहार धोइरहेने बानी पनि एक हो । अत्यधिक अनुहार धुँदा यसले छालामा सुख्खापन बढ्छ र पिम्पल्सको समस्या हुन थाल्छ ।
कसरी बच्ने ?
गर्मीमा डन्डिफोरको समस्याबाट बच्न आफ्नो छालालाई केही विशेष सुरक्षा दिनु आवश्यक हुन्छ । सबैभन्दा पहिले छालालाई सकेसम्म धुलो र फोहोरबाट जोगाउनुहोस्। गर्मीको कारणले पसिना आउँछ भने सुतीको कपडा आफ्नो साथ राख्नुहोस् र हल्का सँग छाला पुछिरहनुहोस्। पर्याप्त पानी पिउनुहोस् र बारम्बार अनुहार धुनुको सट्टा बाहिरबाट आएपछि वा तपाईंको छाला धुलो र माटोको सम्पर्कमा आएमा मात्र मुख धुनुहोस्। यसले धेरै हदसम्म पिम्पल्सको समस्या समाधान गर्छ ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया