NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

पुस्तकसँग मित्रता गाँस्नेहरूसँग लुकेका हुन्छन् यी रहस्य

एजेन्सी । कफीको कपसँगै हातमा पुस्तक लिएर पढ्ने शौख धेरैको हुन्छ । दुनियाँमा धेरै मानिसहरु छन् जसलाई पुस्तक पढ्ने अत्याधिक मन हुन्छ र पढ्छन् पनि । उनीहरूको रमाइलो पक्ष भनेको नै पढाइ हो, जसले पढाइबाटै आनन्द लिइरहेका हुन्छन् ।

द माइन्ड जर्नलमा प्रकाशित अनुसन्धानका अनुसार पाठकहरू ( पुस्तक, पत्रपत्रिका, जर्नललगायत पढ्ने व्यक्ति) हरू अत्यधिक समानुभूतिशील हुन्छन् भनेर भनिएको छ । पुस्तक पढ्ने व्यक्तिसँग अरूलाई बुझ्न र कुनै पनि चीजलाई फरक ढंगबाट हेर्न मनन गर्न सक्ने क्षमता हुन्छ ।

पुस्तक पढ्ने व्यक्तिसँग हुन्छन् यी विशेषता

मनोविज्ञानका अनुसार पुस्तक पढ्ने मानिसमा केही विशेष प्रकारको क्षमता हुन्छ । ती यसप्रकार छन् :

चीजहरूमा हेर्ने फरक दृष्टिकोण

पुस्तक पढ्नेहरूसँग सधैँ ज्ञानको तिर्खा हुन्छ, उनीहरू केही न केही कुरा पुस्तकबाट खोजिरहेका हुन्छन् । जसको कारण उनीहरूमा अनुसन्धान र विश्लेषणात्मक सोच निकै  राम्रो हुन्छ। द माइन्ड्स जर्नलमा प्रकाशित अनुसन्धानका अनुसार पुस्तक पढ्ने बानी भएकाहरू अरूभन्दा फरक तर्क र विश्लेषण गर्न सक्छन् । सोच पनि त्यही किसिमले विकास भएको हुन्छ । साथै उनीहले अरूलाई बुझ्न र कुनै पनि चीजहर फरक ढंगबाट हेर्न सक्छन् ।

जिज्ञासु

यी व्यक्तिहरू भावनात्मक रूपमा स्थिर, इमानदार, अर्थपूर्ण, कल्पनाशील, रचनात्मक र विश्लेषणात्मक विचारका हुन्छन्। तिनीहरूसँग ज्ञानको भण्डार अत्याधिक हुन्छ । जसले अरूको व्यक्तित्व बुझ्न र सही सुझाव दिनमा पनि माहिर हुन्छन् । पुस्तक पढ्नेहरू सबैमा एउटै रोजाइँ हुँदैन । उनीहरू फरक फरक विषवस्तुका पुस्तक पढ्ने हुन्छन् । जस्तै कोही ककाल्पनिक कथाका पुस्तकहरूमा हराउन चाहान्छन्  वा जीवनीहरू पढेर मानिसहरूको बारेमा थप जान्न चाहनेहरू पनि हुन्छन् । साहित्य, ज्ञानविज्ञान, इतिहासलगायतक पुस्तहरू मानिसले रूचीअनुसार पढ्छन् । जेहोस्, पढ्न मन पराउने मानिसहरू आफ्नो भन्दा फरक संसार खोज्न मन पराउँने खालका हुन्छन् । यसका साथै यी व्यक्तिहरूमा उच्च स्तरको जिज्ञासा हुन्छ।

अन्तर्मुखी

अर्कोतर्फ, पढ्न मन पराउने व्यक्तिहरू मनोवैज्ञानिक रूपमा अन्तर्मुखी हुन्छन्  । उनीहरूलाई सामाजिक सम्बन्ध त्यति मन पर्दैन । यी व्यक्तिहरू एकान्तमा रमाउन बढी मन पराउँछन् । त्यस्तै शान्त वातावरणमा राम्रो किताब पढ्न मन पराउँछन् । उनीहरूको IQ पनि उच्च हुने विश्वास पनि गरिन्छ । सामान्यतया उनीहरू औसत भन्दा चतुर हुन्छन्।