मुख्यमन्त्री पाण्डेद्वारा माल्यार्पण

कास्की। गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पोखराको चिप्लेढुङ्गास्थित विश्वेश्वरप्रसाद कोइरालाको सालिकमा माल्यार्पण गरेका छन् ।
बिहीबार प्रदेशको मुख्यमन्त्री नियुक्त भई आज प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेलगत्तै उनले चिप्लेढुङ्गा पुगी नेपाली कांग्रेसका संस्थापक एवं नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री कोइरालाको सालिकमा माल्यार्पण गरेका हुन् । मुख्यमन्त्रीसँगै नवनियुक्तमन्त्री सरस्वती अर्याल तिवारीले पनि सालिकमा माल्यापर्ण गरेका थिए ।
माल्यार्पण समारोहमा कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मालगायतको उपस्थिति थियो ।
ताजा अपडेट
-
मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै ,५ वर्षमा पर्यटकको सङ्ख्या दोब्बरले बृद्धि
-
वर्षाले विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध
-
जुम्लामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते
-
असारदेखि भदौसम्म सडक भत्काउन काठमाडौं महानगरको रोक
-
दुई बर्षमा निर्माण सक्नु पर्ने सडक पाँच बर्षसम्म अधुरै
प्रतिक्रिया