NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

सधैं फिट रहन चाहनुहुन्छ ? खाना खाइसकेपछि गल्तीले पनि नगर्नुहोस् यी काम

एजेन्सी । जीन्दगीभर स्वस्थ र फिट रहन कसलाई चाहाना हुँदैन ? तरपनि मानिसले नचाहेरैँ विभिन्न रोगको शिकार हुनुपर्छ । कतिपय व्यक्तिको आफ्नै गल्ती जस्तै लापरबाही जीवनशैली त कतिपय अवस्थामा सबै कुरामा ध्यान दिँदा दिँदा पनि मान्छे अस्वस्थकर बन्न पुग्छ ।

स्वास्थ्यविद्का अनुसार स्वस्थ र फिट रहन हामीले स्वस्थ जीवनशैली अपनाउनु महत्त्वपूर्ण छ । कतिपयको जीवनशैली धेरै राम्रो हुन्छ तर नराम्रो बानीका कारण उनीहरुले धेरै समस्या भोगिरहनुपरेको हुन्छ । यस्तो अवस्थामा आज हामी तपाईलाई खाना खाइसकेपछि के गर्ने र के नगर्ने भन्ने कुरा बताइरहेका छौँ । जसले तपाईलाई स्वस्थ र फिट रहन पक्कै मद्दत पुग्ने छ ।

बेलुकाको खानालाई हाम्रो आहारको सबैभन्दा महत्त्वपूर्ण अंग मानिन्छ किनभने यसले हाम्रो शरीरलाई पोषक तत्व र ऊर्जा दुबै प्रदान गर्दछ।

अक्सर मानिसहरु बेलुकाको खानापछि धेरै यस्ता गल्तीहरु गर्छन जसले उनीहरुको स्वास्थ्यमा निकै नराम्रो असर पारिरहेको हुन्छ, जसको ख्याल हुँदैन । बेलुकाको खाना खाइसकेपछि केही काम गर्नु स्वास्थ्यका लागि राम्रो हुन्छ भने केही कामले स्वास्थ्यमा निकै नराम्रो असर पार्छ र बिस्तारै धेरै प्रकारका रोगहरुले तपाईलाई घेरिन थाल्छ ।

राति सुत्नुअघि अवश्य गर्नुहोस् यी काम

हिड्नुहोस्

खाना खाइसकेपछि केही समय हिँड्दा पाचन क्रियामा सहयोग पुग्छ र मेटाबोलिजम बढ्छ । साथै, मधुमेहको जोखिम पनि कम हुन्छ। जर्नल अफ क्लिनिकल एन्डोक्रिनोलोजी एन्ड मेटाबोलिज्ममा प्रकाशित एक अध्ययनले बेलुकाको खाना खाइसकेपछि १५ मिनेट हिँड्दा मधुमेहको जोखिम कम हुने देखाएको छ ।

पानी पिउनुहोस्

खाना खानेबित्तिकै या खाँदा खाँदै पानी पिउनु स्वास्थ्यको लागि राम्रो मानिँदैन । तर  खाएको केही समयपछि पानी पिउँदा पाचन क्रियामा सुधार हुन्छ र कब्जियतको समस्याबाट पनि छुटकारा मिल्छ । जर्नल अफ क्लिनिकल ग्यास्ट्रोएन्टेरोलजीमा प्रकाशित एक अध्ययनले खाना खाइसकेपछि पानी पिउनाले आन्द्राको चालमा सुधार हुने देखाएको छ ।

फलफूल खानुहोस्

धेरैजसो मानिसलाई खाना खाएपछि मिठाई खान मन लाग्छ । तर मिठाइको साट्टोमा फलफूल सेवन गर्दा स्वास्थ्यलाई राम्रो गर्ने अध्ययनले देखाएको छ । साथै यसले तौल घटाउन पनि मद्दत गर्छ ।

तुरुन्तै नसुत्नु

धैरैको खाना खानेबित्तिकै ओछ्यानमा सुत्ने बानी हुन्छ । जुन गलत हो । खाना खाइसकेपछि तुरुन्तै सुत्दा एसिड रिफ्लक्स, मुटुमा जलन र अपच हुन सक्छ। खाना खाएको तीस मिनेट पछि मात्र सुत्नु राम्रो हुनछ ।

बेलुकाको खाना खाइसकेपछि नगर्नुहोस् यी काम

धेरै नखाने

हामी धेरैको बानी बिहानभन्दा बेलुका मिठो र धेरै खाने बानी हुन्छ, जुन स्वास्थयको लागि हानिकारक छ । राति धेरै खानेकुरा खाँदा अपच, तौल बढ्ने र अन्य रोग लाग्ने गर्दछ ।

मदिरा नपिउनुहोस्

खाना खाइसकेपछि मदिरा सेवन पनि धेरैको बानीमध्येमा पर्छ । तर सुत्नेबेला मदिरा नपिँदा नै राम्रो हो । किनकि सुत्ने बेला मदिरा पिँउदा अपच, एसिड रिफ्लक्स, पेट दुख्ने समस्या हुन्छ ।

ध्रुम्रपान

धुम्रमान स्वास्थयको लागि हानिकारक हो । तर पनि यसको लत बसिसकेपछि छुट्याउन गाह्रो हुन्छ । यदि कसैको ध्रुम्रपान गर्ने बानी लागेको भएपनि रातको समयमा गर्दा क्यान्सर, मुटु रोग लगायतका धेरै रोगको जोखिम झन् बढ्न सक्छ ।

ताजा अपडेट

नेपालवाच विशेष