अनुहारमा तुलसीका फाइदै फाइदा, यसरी लगाउनुहोस्

एजेन्सी । तुलसी एक यस्तो विरुवा हो जसलाई हामी हरेक प्रकारले उपयोग गर्न सक्छौं । रुघाखोकी लाग्दादेखि घाटीको समस्यामा पनि यो फाइदाजनक मानिन्छ ।आयुर्वेदिक औषधीमासमेत यसको उतिकै प्रयोग हुन्छ । यति मात्र होइन, यसले छालासम्बन्धी समस्याहरुबाट पनि राहत दिन्छ ।
एन्टिअक्सिडेन्ट गुण हुने तुलसीको प्रयोग सुख्खा तथा संवेदनशील छाला, अनुहारमा डण्डिफोहर आउने समस्या, एलजी जस्ता सबै छालासम्बन्धी समस्यामा यो लाभदायिक छ ।
तुलसी अनुहारमा लगाउनाले सौन्दर्यतामा अझ निखार आउँछ । यसले अनुहारमा भएका दाग धब्बालाई कम गर्नुका साथै हाइपरपिग्मेन्टेसन, चाँया पोतोको समस्या हटाउन पनि मद्त गर्छ । तुलसीमा भिटामिन सी उच्च मात्रामा पाइन्छ ।
जुन छालाको लागि उपयुक्त मानिन्छ । तुलसीको बोटमा प्राकृतिक एन्टी ब्याक्टेरियल र एन्टी इन्फ्लेमेटरी गुण हुन्छ । जसले छालालाई पोषण प्रदान गर्छ । यसबाहेक तुलसीले छालालाई सुख्खापनको समस्या हुन दिदैन् ।
तुलसीमा प्राकृतिक शीतलता हुन्छ। जसका कारण यसले छालाको जलनलाई शान्त पार्न र यसबाट राहत पाउन मद्दत गर्छ। त्यसैले तुलसी शरीरका लागि जति गुणकारी छ त्यतिनै छालाको लागि पनि लाभदायिक छ ।
ताजा अपडेट
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
-
रसुवा बाढीपछि गम्भीरतापूर्वक काम गर्न माओवादीद्वारा सरकारको ध्यानाकर्षण
प्रतिक्रिया