अनुहारमा तुलसीका फाइदै फाइदा, यसरी लगाउनुहोस्
एजेन्सी । तुलसी एक यस्तो विरुवा हो जसलाई हामी हरेक प्रकारले उपयोग गर्न सक्छौं । रुघाखोकी लाग्दादेखि घाटीको समस्यामा पनि यो फाइदाजनक मानिन्छ ।आयुर्वेदिक औषधीमासमेत यसको उतिकै प्रयोग हुन्छ । यति मात्र होइन, यसले छालासम्बन्धी समस्याहरुबाट पनि राहत दिन्छ ।
एन्टिअक्सिडेन्ट गुण हुने तुलसीको प्रयोग सुख्खा तथा संवेदनशील छाला, अनुहारमा डण्डिफोहर आउने समस्या, एलजी जस्ता सबै छालासम्बन्धी समस्यामा यो लाभदायिक छ ।
तुलसी अनुहारमा लगाउनाले सौन्दर्यतामा अझ निखार आउँछ । यसले अनुहारमा भएका दाग धब्बालाई कम गर्नुका साथै हाइपरपिग्मेन्टेसन, चाँया पोतोको समस्या हटाउन पनि मद्त गर्छ । तुलसीमा भिटामिन सी उच्च मात्रामा पाइन्छ ।
जुन छालाको लागि उपयुक्त मानिन्छ । तुलसीको बोटमा प्राकृतिक एन्टी ब्याक्टेरियल र एन्टी इन्फ्लेमेटरी गुण हुन्छ । जसले छालालाई पोषण प्रदान गर्छ । यसबाहेक तुलसीले छालालाई सुख्खापनको समस्या हुन दिदैन् ।
तुलसीमा प्राकृतिक शीतलता हुन्छ। जसका कारण यसले छालाको जलनलाई शान्त पार्न र यसबाट राहत पाउन मद्दत गर्छ। त्यसैले तुलसी शरीरका लागि जति गुणकारी छ त्यतिनै छालाको लागि पनि लाभदायिक छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया