‘डाटा रिकभर’ भएन, लोक सेवाद्वारा पुनः दरखास्त आह्वान
काठमाडौं । लोक सेवा आयोगले गत मंसिर, पुस र माघमा प्रकाशित विभिन्न तहको विज्ञापनमा पुनः दरखास्त आह्वान गरेको छ । यसअघि दरखास्त बुझाएकाहरूको डाटा हराएएर अन्योल उत्पन्न भएपछि आयोगले पुनः सामेल हुन आवेदन आह्वान गरेको हो ।
आयोगले बुधबार एक सूचना प्रकाशित गर्दै मंसिर, पुस र माघ महिनामा दरखास्त दिएका उम्मेदवारहरूलाई पुनः आवेदन दिन भनेको छ ।
आयोगका अनुसार, आगामी जेठ १८ गतेभित्र यस्ता आवेदकहरूले दरखास्त बुझाउन सक्नेछन् । यसअघि नै बुझाइसकेकाले शुल्क भने लाग्दैन ।
आयोगले यसबारे उम्मेदवारको मोबाइलमा एसएमएस पठाएर पनि जानकारी दिने तयारी गरेको छ ।
लोक सेवा आयोगले आफ्नो नियमित कार्यतालिकाअनुसार गत मंसिर, पुस र माघमा नायब सुब्बा, शाखा अधिकृतलगायत पदमा दरखास्त आह्वान गरेको थियो ।
आयोगले आफ्नो वेबसाइटको डाटा सरकारी एकीकृत डाटा सेन्टर (जिआइडिसी) मा लगेर राखेको थियो । त्यहाँ राखिएका डाटा परीक्षा मिति नजिकिँदै जाँदासमेत रिकभर हुन सकेका छैनन् । निर्धारित परीक्षा कार्यक्रम प्रभावित हुने अवस्था सिर्जना भएपछि आयोगले विकल्पमा पुनः आवेदन आह्वान गरेको हो ।
लोक सेवाको जस्तै त्यहाँ राखिएका अन्य निकायको डाटा पनि हराएको छ । बिलाएका डाटा फर्काउन प्रयास भइरहेको बताइए पनि अहिलेसम्म सफल भएको छैन ।
यो प्रकरणपछि सरकारी डाटा सेन्टरको हविगत उदांगो बनेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया