NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ३० गते

सुडानमा युद्धविराम घोषणा

काठमाडौं । सुडान नियन्त्रण जमाउन संघर्षरत प्रतिद्वन्द्वी सैन्य समूहहरू एक साता लामो युद्धविराममा सहमत भएका छन्।

यो युद्धविराम मे ४ बाट लागू हुनेछ ।

दक्षिण सुडानले दुई पक्षबीच यो सम्झौताको घोषणा गरेको छ।

दक्षिण सुडानले शान्ति वार्ताका लागि आफ्ना प्रतिनिधि पठाउन दुवै पक्ष सहमत भएकोसमेत जनाएको छ ।

तर, यसअघि दुई पक्षबीचको युद्धविराम टिक्न नसकेको र दुवैले एकअर्कालाई सम्झौता तोडेको आरोप लगाएकाले पुरानै अवस्था पुनरावृत हुने हो कि भन्ने संशय भने पैदा भएको छ ।

सुडानी सेना र अर्धसैनिक बल आरएसएफबीच १८ दिनअघि सुरु भएको लडाइँका कारण हालसम्म ५ लाख मानिसले आफ्नो घर छाड्नुपरेको छ ।

राजधानी खार्तुममा मंगलबार पनि भिडन्त जारी रह्यो ।

पश्चिमी क्षेत्र डार्फरमा पनि भीषण लडाइँ सुरु भएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार १५ अप्रिलमा द्वन्द्व सुरु भएयता १ लाखभन्दा बढी मानिसले देश छोडेका छन् ।

यदि युद्ध नरोकिए सुडानमा भयंकर विनाश हुने अधिकारीहरूले बताएका छन्।

सुडानको स्वास्थ्य मन्त्रालयका अनुसार यस लडाइमा अहिलेसम्म ५०० भन्दा बढीको मृत्यु भएको छ भने ४ हजारभन्दा बढी घाइते छन् ।

ताजा अपडेट

नेपालवाच विशेष