अनुहारमा नरिवलको तेल लगाउन मिल्छ ?
एजेन्सी । अनुहारमा नियमित मसाज गर्ने हो भने यसले छालामा रक्तसञ्चार सुधार गर्छ । छालामा राम्रो रक्तसञ्चार हुनाले तपाईको छाला जवान र सुन्दर देखिन्छ। साथै चाँया तथा पोतोको समस्या कम गर्छ ।
अनुहारमा मसाज गर्न धेरैले क्लिजिङ क्रीमको प्रयोग गर्छन् । यसले अनुहार सफा त गर्छ तर अनुहारको लागि चाहिने पोषण भने दिदैन् । त्यसैले अनुहार मसाज गर्न प्राकृतिक गुणले भरिएको साम्रगी प्रयोग गर्नु पर्छ । अनुहार मसाज गर्न उपयुक्त प्राकृतिक गुणले भरिएकाे साम्रगी नरिवलको तेल पनि एक हाे । नरिवलको तेलमा छालालाई सुरक्षा दिने गुणहरू हुन्छन् ।
जसले छाला राम्रो बनाउँछ । यसको प्रयोगले छाला नरम बनाउँनाका साथै निखार पनि आउँछ । अनुहारमा नरिवलको तेलले मालिस गर्दा यसले छालाको रक्तसञ्चार सुधार गर्छ । जसले तपाईंको छालालाई लामो समयसम्म जवान राख्न सक्छ। नरिवलको तेलमा कोलाजेन उत्पादनलाई बढावा दिनेदेखि लिएर छालालाई एन्टिअक्सिडेन्टहरूबाट जोगाउने जस्ता गुणहरू हुन्छ ।
नरिवलको तेलमा पाइने भिटामिन ई र फ्याटी एसिडले छालामा नयाँ कोशिकाहरुको उत्पादन गर्छ । यसको प्रयोग तपाई अनुहारमा मात्र नभइ हात खुट्टामा पनि गर्न सक्नुहनछ । नरिवलको तेलमा लौरिक एसिड पाइन्छ । जुन बुढ्यौली रोक्न प्रभावकारी छ । यसमा हुने प्राकृतिक तत्वले मोइस्चराइजरको समेत काम गर्छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया