भोलि सार्वजनिक बिदा
काठमाडौं । सरकारले भोलि शुक्रबार (बैशाख २२ गते) देशभर सार्वजनिक बिदा दिने भएको छ ।
शुक्रबार बुद्ध जयन्ति र उभौली पर्वको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिन लागेको हो । सार्वजनिक बिदा भएसँगै भोलि शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था र सरकार कार्यालय बन्द हुनेछन् ।
विश्वभरका बौद्ध धर्मावलम्बीहरूले २५६५ औं बुद्ध जयन्ती मनाउँदै छन् । हरेक वर्ष वैशाख पूर्णिमाको दिन यो पर्व मनाइन्छ । भगवान बुद्धको जन्म, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्माण समेत वैशाख पूर्णिमाकै दिन भएकोले बौद्धमार्गीहरूले यस दिनलाई विशेष पर्वको रूपमा मान्ने गर्छन् । यसदिन बुद्धको जन्मस्थान लुम्बिनीलगायत सबै बौद्ध स्तुपाहरूमा विभिन्न कार्यक्रम गरी मनाउने चलन छ ।
त्यस्तै नेपालका किराँती समुदायले यो पर्व मनाउने गरिन्छ । यसको अर्को नाम ‘साकेला पर्व’ पनि हो । यस समुदायले भूमी, आकाश, जल, वायु, अग्नी, चन्द्र, सूर्य, पशुपंक्षी र वनस्पतिको पूजा गरी यो पर्व मनाइन्छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया