भोलि सार्वजनिक बिदा
काठमाडौं । सरकारले भोलि शुक्रबार (बैशाख २२ गते) देशभर सार्वजनिक बिदा दिने भएको छ ।
शुक्रबार बुद्ध जयन्ति र उभौली पर्वको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिन लागेको हो । सार्वजनिक बिदा भएसँगै भोलि शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था र सरकार कार्यालय बन्द हुनेछन् ।
विश्वभरका बौद्ध धर्मावलम्बीहरूले २५६५ औं बुद्ध जयन्ती मनाउँदै छन् । हरेक वर्ष वैशाख पूर्णिमाको दिन यो पर्व मनाइन्छ । भगवान बुद्धको जन्म, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्माण समेत वैशाख पूर्णिमाकै दिन भएकोले बौद्धमार्गीहरूले यस दिनलाई विशेष पर्वको रूपमा मान्ने गर्छन् । यसदिन बुद्धको जन्मस्थान लुम्बिनीलगायत सबै बौद्ध स्तुपाहरूमा विभिन्न कार्यक्रम गरी मनाउने चलन छ ।
त्यस्तै नेपालका किराँती समुदायले यो पर्व मनाउने गरिन्छ । यसको अर्को नाम ‘साकेला पर्व’ पनि हो । यस समुदायले भूमी, आकाश, जल, वायु, अग्नी, चन्द्र, सूर्य, पशुपंक्षी र वनस्पतिको पूजा गरी यो पर्व मनाइन्छ ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया